
१० मङ्सिर, राँझा (बाँके) । सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क१प १०६ नंम्बरको मोटरसाइकल सोमबार राति बाँकेको चिसापानीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका-१ चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा जुम्ला तातोपानी गाउँपालिका-४ का मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।
उनका अनुसार सोमबार राति करिब ८ः०० बजेतिर मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको हो। गौतम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाका जिल्ला कमिटी सदस्य हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4