Comments Add Comment

ग्लोबल आईएमई र जनता बैंक मर्जरपछि मंसिर २० देखि एकीकृत कारोबार

१२ मंसिर, काठमाडौं । जनता बैंकलाई मर्जर गरेर बन्न लागेको ग्लोबल आइएमई बैंक पुँजीलगायत विभिन्न सूचकका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंक हुने भएको छ ।

जनता र ग्लोबल आइएमई मिलेर आगामी २० गतदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार शुभारम्भ गर्दैछन् ।

मर्जरपछि बैंकको चुक्ता पुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ । यो अहिलेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै पुँजी हो ।

हाल ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ भने जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ ।

ग्लोबल बैंकले गत आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट १२ दशमलव ७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेसंगै बैंकको चुक्तापूँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ पुग्ने छ । यस्तै जनता बैंकले गत आर्थिक वर्षमा ६ प्रतिशत बोनस प्रस्तावसंगै बैंकको चुक्तापूँजी ८ अर्ब ४८ करोड ८ पुग्नेछ ।

मर्जरपछि ग्लोबल आइएमई बैंकको कूल निक्षेपको अकार २ खर्ब १० अर्ब, कर्जा लगानी २ खर्ब हुनेछ । यस्तै शाखा कार्यालय करिब ३०० पुग्नेछन् ।

बैंकका एटीएम २ सय ५६ र २ सय ४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन कायम हुनेछ । यसैगरी बैंकका कर्मचारी ३ हजार २ सय ५० भन्दा बढी हुनेछन् भने ग्राहक संख्या २० लाख नाघ्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment