Comments Add Comment

दाङमा नेकपाकी विमलाको अग्रता बढ्यो

१५ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा भएको उपचुनावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता बढाएको छ ।

बबई र तुलसीपुरका केही वडाको मत गणना हुँदा नेकपाकी विमला कुमारी खत्रीले एक हजार २३६ मतले लिड गरेकी छन् । विमलाले ४ हजार ६८२ मत ल्याउँदा नेपाली कांग्रेसका केशवराज शर्माले ३ हजार ४४६ मत ल्याएका छन् ।

यस्तै, राप्रपाका भुपाल रावतले ३२, साझा पार्टीका शिवकुमार चौधरीले २८, समाजवादीका डिल्लीबहादुर डांगी र राप्रपा संयुक्तका छोटिलाल थारुले १५/१५ मत मंगोल अर्गनाइजेशनका घनश्याम चौधरीले ८, नेमकिपाका सुरेश परियार र मालेका हरिप्रसाद डांगीले ५/५  र झरेन्द्रबहादुर खत्रीले १ मत पाएका छन् ।

अन्य ४ जना उम्मेदवारहरुले भने अहिलेसम्म १ मत पनि पाएका छैनन् ।

यो क्षेत्रमा तत्कालीन एमालेबाट विजयी भएका उत्तरकुमार ओलीको दुर्घटनामा मृत्यु भएपछि उपचुनाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment