Comments Add Comment

पोखरामा पनि गरियो सागको उद्घाटन [ फोटो फिचर ]

राष्ट्रिय गान बिर्सियो, १० लाखको आतिजबाजी गरियो

१६ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली अन्तर्गत पोखरामा हुने खेलको सोमबार औपचारिक सुरुआत भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा रंगशालामा भव्य समारोहबीच साग उद्घाटन गरेका हुन् ।

राष्ट्रिय झन्डा ट्रायथोलन खेलाडी सोनी गुरुङले बोकेकी थिइन् । पोखरामा सुरु भएका खेलमध्ये सोमबार बिहान लेकसाइडमा भएको ट्रायथोलन खेलमा पोखराबाट पहिलो स्वर्ण विजेता भएको हैसियतले उनलाई झन्डा बोक्न दिइएको हो ।

उद्घाटन कार्यक्रम दिउँसो २ बजे कार्यक्रम थियो । त्यसका लागि काठमाडौंबाट खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिव रमेशकुमार सिलवालसहितको टोली पोखरा आएको थियो ।

उद्घाटन समारोहमा झाँकी प्रदर्शन गर्न विभिन्न विद्यार्थी तथा कलाकर्मी बिहानै रंगशालामा उपस्थित थिए । तर, उद्घाटन समारोह ढिलाइ भएपछि रंगशाला आएका अधिकांश दर्शक त्यत्तिकै फर्किन बाध्य भए ।

औपचारिक कार्यक्रमको सुरुआतमा नेपाली राष्ट्रिय गान बजाउने चलन छ । तर, पोखरा रंगशालामा भने सोमबार फरक दृश्य देखियो । झाँकी, तथा अन्य गीत बजिसकेपछि बल्ल राष्ट्रिय गान बजाइयो । ‘कार्यक्रमको सुरुआतमा बजाउनुपर्ने बिर्सिएछ,’ आयोजक समितिका एक पदाधिकारी भन्दै थिए, ‘ढिलै भए पनि बजाइयो । त्यही ठूलो कुरा हो ।’

पोखरामा आतिसबाजी नगर्न, नगराउन अदालतले आदेश दिएको थियो । तर साग उद्घाटनको अवसरमा रंगशालामा २ थरि आतिसबाजी गरियो । रंगशालाको पूर्वतर्फ साग आयोजक समितिले काठमाडौंबाट ल्याएको आतिसबाजी गरेको थियो भने पश्चिमतर्फ स्थानीय सहजीकरण समितिले भारतबाट ल्याएको आतिसबाजी गरेको थियो ।

करिब २ घन्टासम्म आतिसबाजी गरिएको थियो । लामो समयसम्म चर्को अतिसबाजी गर्दा रंगशाला धुँवा र बारुदमय भएको थियो । आतिसबाजीबाट दुर्घटना हुन नदिन ट्यांकरमा पानीको व्यवस्था भने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment