Comments Add Comment

फुटबलमा टिक्न सकेन जितको खुशी (फोटो फिचर)

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)को फुटबलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र श्रीलंकाले १-१ को बराबरी खेलेको हो ।

खेलमा नेपालले ३६ औं मिनेटमा कप्तान सुजल श्रेष्ठले पेनाल्टीमा गरेको गोलबाट अग्रता लिएको थियो । खेलमा नेपालले गाेलका लागि अन्य अवसर सिर्जना गरे पनि सदुपयाेग गर्न सकेन ।

तर अन्तिम मिनेटमा गोल खान पुग्यो । इन्जुरी टाइममा पाएको फ्रीकिकमा श्रीलंकन खेलाडीले उत्कृष्ट गोल गरेका हुन् ।

श्रीलंकाका लागि इन्जुरी टाइमको पहिलो मिनेटमा जुडे सुमनले गोल गर्दै हार टारे ।

५ राष्ट्र सहभागी लिगमा राउण्ड रोविनका आधारमा खेल भइरहेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । बुधबार श्रीलंकासागको खेल  बराबरीपछि नेपालको २ खेलबाट ४ अंक भएको छ । नेपाल अंक तालिकामा शीर्ष स्थानमा छ । राउण्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमले स्वर्णका लागि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment