Comments Add Comment

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

१९ मंसिर, काठमाडौं । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

सर्लाहीको मलगंवा नगरपालिका-११ गम्हरियास्थित सडकमा ना.४३ प ५६९१ नम्बरको मोटरसाइकलले बिहीबार दिउँसो ठक्कर दिँदा पैदलयात्री गणेसिया बस्ने ६० वर्षीय धरीक्षण रामको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका रामको उपचारका लागि जिल्ला अस्पताल मलंगवा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

यस्तै धनुषाको मिथिला नगरपालिका-२ जनकपुर ढल्केवरस्थित सडकमा ज.१ त ५८८६ नम्बरको ट्याक्टरले बिहीबार बिहान ठक्कर दिँदा पैदलयात्री महोत्तरीका २७ वर्षीया संगिता ठाकुरको घटनास्थलमै मृत्यु भएको छ ।

ठाकुरलाई ठक्कर दिने ट्याक्टरका चालक भने हाल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment