Comments Add Comment

काठमाडौं उपत्यकाका यी क्षेत्रमा आज दिनभर हुनेछ विद्युत कटौती

२० मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत कटौती हुने भएको छ ।

चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको नेपाल विद्युत् प्राधिकरण, महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

यो वितरण केन्द्रबाट चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् वितरण गरिएको छ । महाराजगञ्ज वितरण केन्द्रका अनुसार, यी क्षेत्रमा शुक्रबार बिहान १० बजदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

चक्रपथक्षेत्रको सडक विस्तार कार्य अघि बढेको छ । यसका लागि सडक किनारामा रहेका रूखहरू काट्ने, विद्युत्का पोल हटाउनेलगायतका काम सम्बन्धित निकायसँग समन्वय गरेर भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment