Comments Add Comment

१५ फिल्म असफल भएपछि क्यानडाको पासपोर्ट लिएँः अक्षय कुमार

बलिउड नायक अक्षय कुमारले जब–जब देशभक्तीको कुरा गर्छन्, तव उनलाई क्यानेडियन नागरिक भन्ने सुन्नुपर्छ । अक्षयसँग क्यानडाको पासपोर्ट छ । यसैले, पनि पछिल्लो समयमा उनको भारतमा चर्को आलोचना हुने गरेको छ । क्यानडाको नागरिक भएर भारतीय नागरिकलाई राष्ट्रियता सिकाएको भन्दै सामाजिक संजालमा उनको चर्को आलोचना हुन्छ ।

यो बिषयमा नायक अक्षय कुमारले मिडियासँग कुरा गर्दै एउटा पासपोर्टकै कारण आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाइएको भन्दै दुख व्यक्त गरे ।

क्यानडाको पासपोर्ट बोक्नुको बिषयमा अक्षयले भने–‘जब मेरा १५ चलचित्र फ्लप भएका थिएँ, त्यतिबेला म हतास थिएँ । मलाई अब कसैले काम दिदैन भन्ने लागेको थियो । सोही समयमा एक जना क्यानडामा नै बस्ने साथीले मलाई क्यानडा आउन आग्रह गरेँ । मैले पनि अब भारतमा काम पाइदैन भन्ने सोचेँ र क्यानडाको पासपोर्ट एप्लाई गरेँ । तर, त्यसपछि भने मेरो चलचित्र असफल भएन । मैले पछाडि फर्किएर हेर्नु परेनँ ।’

अक्षयले अगाडि भने–‘मलाई यही एउटा कारणले बारम्बार आरोप लगाउँदा दुख लाग्छ । यसैले, मैले भारतीय पासपोर्टका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । चाडै नै मैले भारतीय पासपोर्ट बोक्नेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment