Comments Add Comment

१८ सय रुग्ण ठेक्काको विश्लेषण गरिरहेका छौं : अख्तियार प्रमुख घिमिरे

२३ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले १८ सय भन्दा बढी रुग्ण ठेक्काको विश्लेषण गरिरहेको बताएका छन् ।

सोमबार भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले रुग्ण ठेक्कामा मुलुकको १ खर्ब १८ अर्ब रुपैयाँ फसेको र मोविलाइजेसनबापत २५ अर्ब रुपैयाँ निर्माण व्यवसायीको हातमा पुगेको जानकारी दिए ।

निर्माण व्यवसायीले तोकिएको समयमा काम नगरे यस्ता मुद्दा अख्तियारले हेर्नेसमेत प्रमुख आयुक्त घिमिरेले बताए ।

भ्रष्टाचारको मुद्धाले अघिल्लो बर्षको रेकर्ड तोड्ने अवस्था रहेको भन्दै उनले अघिल्लो बर्ष आयोगले ३ सय ५१ वटा मुद्धा अदालत लगेकामा चालु वर्षको साढेचार महिनामा नै १ सय ७० मुद्दापुगेको जानकारी दिए ।

घिमिरेका अनुसार आयोगले दायर गरेको भ्रष्टाचारसम्बन्धी मुद्दामा ८८ प्रतिशत सफल भएका छन् ।

भ्रष्टचारविरुद्धको दिवसको अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ट्रान्सपरेन्सी इन्टरनेसन्नलले वितरण गर्ने राष्ट्रिय सदाचार सम्मान २०७६ बाट सम्मानित भएका छन् ।

कार्यक्रममा कलाकार हरिवंश आचार्यले अख्तियारले बिरालोमात्र नभई बाघ पनि समाउने आँट गर्नुपर्ने बताए । उनले भ्रष्टाचारकै कारण नेपालमा ठूलो रकमको चलखेल भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment