+
+
Shares

विद्युत सर्ट हुँदा होमस्टेमा आगलागी, २५ लाखको क्षति

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २३ गते १९:२७
फाइल फोटो ।

२३ मंसिर, काठमाडौं । इलामको सूर्योदय नगरपालिका-५ अन्तुडाँडामा सञ्चालित एक होमस्टे (घरवास)मा सोमबार आगलागी भएको छ ।

स्थानीय मानवीर तामाङले सञ्चालन गरेको फ्याफुल्ला होमस्टेमा विजुली सर्ट भएर आगलागी हुँदा करिब २५ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट तामाङको घरभित्र रहेको ४ तोला सुन, नगद ५ लाख रुपैयाँ, लत्ताकपडा र फर्निचर लगायतका सामाग्री जलेर नष्ट भएको छ ।

स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै घटनाकाबारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?