+
+
Shares

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ४ गते १२:४९

४ पुस, काठमाडौं । झापामा बसको ठक्करबाट शुक्रबार बिहान एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम नगरपालिका-२ बस्ने ५६ वर्षीय होमनाथ ढुंगेल रहेका छन् ।

वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना.४ ख ६११६ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका ढुंगेलको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?