Comments Add Comment

नेकपाको केन्द्रीय कमिटी बैठक पुस २३ गते

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने भएको छ ।

आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए । स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ ।

महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको नेता भीम रावलले पत्रकारहरुलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment