Comments Add Comment
फोटो फिचर :

गुल्जार छ रारा

रारा घुम्न आएका पर्यटकरुलाई घोडसवारी उपलब्ध छ ।

‘रारा कि अप्सरा !’ त्यो विशाल जलाशयको सामुन्ने पुग्दा यही पङ्क्ति दोहोर्‍याउन मन लाग्छ । आकाशको प्रतिछायाँलाई आफ्नो कायमा समेटेर लमतन्न फैलिएको रारा ताल असाध्यै सुन्दर छ ।

असोज अन्तिम साता रारा तालको फन्को लगाउने मेसो जुर्‍यो । हुन त यो मेरो छैठौं यात्रा थियो । तर, रारा तालको सौन्दर्य जति पटक हेरेपनि धित मर्दैन । हरेकपटक त्यसमा नयाँपन देख्न सकिन्छ ।

पहिलो पटक सन् २०११ मा रारा पुगेको थिएँ । त्यसको मेलोमेसो मिलाएका थिए, अमर शाहीले । उनी पश्चिम नेपालका पर्यटन क्षेत्रका सारथिभन्दा फरक पर्दैन । पश्चिम नेपालको पर्यटन प्रबर्द्धनमा लागिपरेका उनले १० जना राजदूतसहित पर्यटन विज्ञहरुलाई त्यसबेला राराको निम्तो गरेका थिए ।

रारा ताल छेउमा फोटो खिच्दै आन्तरिक पर्यटक

तर, त्यसबेला देखेको रारा र यसपाली देखेको रारा भिन्न लाग्यो । पहिलो पटक रारा पुग्दा त्यसको डिलमै रहेको होटलमा बास बसिएको थियो, चार दिनसम्म । त्यसबेला बसोबासको खास व्यवस्था थिएन । त्यसैले आवश्यक सरसामन नेपालगञ्जबाट लानुपर्ने अवस्था थियो । पर्यटक फाट्ट-फुट्ट पनि देखिँदैनथे । सुनसान जस्तै थियो ।

तर, अहिले त्यस्तो छैन । गुल्जार छ, रारा । पर्यटक भरिभराउ छन् । जब सडक सञ्जालले रारा राष्ट्रिय निकुन्जलाई छोयो, रारा पुग्ने लस्कर बढ्यो ।

नन्दसिंह बुढा, पर्यटनमन्त्री, कर्णाली प्रदेश

राराको सौन्दर्यपान गर्न अहिले आन्तरिक पर्यटककै घुइँचो लाग्छ । तर, रारा पुग्नुअघि त्यहाँसम्म कसरी जाने भन्ने कुरामा पूर्व तयारी आवश्यक छ । पूर्वतयारी गरेर गएमा राराको यात्रामा भरपुर आनन्द लिन सकिन्छ ।

हामीले रारालगायत  कर्णालीका पर्यटकीय क्षेत्रहरुका बारे जानकारी होस् भनेर कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पर्यटन मन्त्रालयको सहयोगमा सूचना केन्द्रसमेत स्थापना गरेका छौं ।

हाल रारामा जम्मा दुईवटा होटल रहेका छन् भने तालबाट २० मिनेटको दुरीमा केही होमस्टे सञ्चालनमा छन् । यी होटलका रुमहरु बाहेक टेण्टमा बसेर पनि रात काट्न सकिन्छ ।

रारा पुग्नका लागि हवाईजहाजको टिकट पाइँदैन भन्ने गुनासो आउने गरेको छ । तर, अहिले हामी त्यसको व्यवस्थापनमा लागिरहेका छौं । रारा जानुअघि त्यहाँ होटल बुकिङ वा यातायातको व्यवस्था गरेर पुग्नु राम्रो हो ।

राराको आसपासमा साइकल लेन वा पैदल यात्रीका लागि बाटोको व्यवस्था गरिँदैछ । साथै होमस्टे र लज व्यवस्थापनको लागि पनि पहल भइरहेको छ । यदि कुनै कम्पनीले रारा क्षेत्रमा होटल संचालन गर्न चाहेमा बाटो, बत्ती र पानीको सहयोग गर्ने योजना बनाएका छौं ।

कसरी पुग्ने रारा

सूर्योदयको दृष्य नियाल्दै पर्यटक

पश्चिम नेपालको प्रवेशद्वार  नेपालगन्जको विमानस्थल राझाबाट सोझै मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा पुग्ने । त्यसपछि रारा तालको किनारमा पुग्न तीन घण्टाको पैदल यात्रा तय गर्नुपर्छ । सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीसम्म सार्वजनिक बस जान्छ । त्यसपछि दुई घण्टाको यात्रामा रारा पुग्न सकिन्छ ।

हवाईजहाजबाट देखिएको मुगुको गमगढी बजार र सो आसपासको क्षेत्र
रारा ताल
नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थल जाँदा देखिएको कर्णाली राजमार्ग
रारा तालबाट निकास भएको खत्याड खोला पार गर्दै खच्चडहरु
मुगुको ताल्चा विमानस्थल नजिकै खेल्दै बालबालिका
हवाईजहाजबाट देखिएको दैलेख बजार
मिलिचौरबाट रारा तालतर्फ जाँदै गरेकाहरु । निकुन्जभित्र सवारी साधन निषेध गरिएका कारण एक घण्टा पैदल यात्रा गर्नुपर्छ ।

रारा ताल

रारा ताल छेउमा घोडसवारी

मुगुको ताल्चा विमानस्थल नजिकै स्याउ बिक्रेता

बाँकेको कोहलपुर क्षेत्र
हवाईजहाजबाट देखिएको कर्णाली प्रदेशको सदरमुकाम सुर्खेत बजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment