+
+
Shares

सुनसरीबाट आधुनिक हतियार र गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ६ गते १६:५३

६ पुस, विराटनगर  । प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद गरेको छ । विष्फोटक पदार्थ रहेको सूचनाका आधारमा पुगेको प्रहरीले खण्डहर कुखुराको खोरको सिमेन्टेड भुँइ मुनी गाडेर राखेको अवस्थामा एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो ।

बरामद हतियार र गोली खिया लागेको अवस्थामा बरामद भएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार हतियार र गोली बरामद भएको स्थानमा २०६७ सालमा कुखुराको खोर निर्माण गरिएको थियो । पछिल्लो समय खोरमा कुखुरा पालिएको छैन् ।

विष्फोटक पदार्थ भेटिएको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो । बरामद हतियार तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?