६ पुस, काठमाडौं । प्रहरीले गुन्डा नाइके रमेश बाहुन समूहका एक सुटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ वर्ष जेल सजाय भोगेर छुटेका दुर्गा राई छन् ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको एसएसपी सहकुलबहादुर थापाले पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘व्यवसायीलाई धाकधम्की दिएर गुण्डागर्दी गरेको भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं ।’
थापाका अनुसार प्रहरीको ‘मोस्ट वान्टेड’ गुण्डा नाइके दावा लामा समूहका विष्णु धिताल पनि पक्राउ परेका छन् । काभ्रेका धिताल यसअघि गुण्डा नाइके गणेश लामाको समूहमा थिए ।
बाहुन अहिले केन्द्रीय कारागारमा छन् भने लामा सिक्किमतिर लुकेर बसेको मानिन्छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4