Comments Add Comment

स्थायी कमिटीमा प्रचण्डको जवाफः एमसीसीबारे अमेरिकासँग बुझ्छौं

५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी स्थायी कमिटी बैठमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना ‘इण्डो प्यासिफिक रणनीति’ अन्तर्गत हो या होइन भन्नेबारे अमेरिकासँग बुझ्ने बताएका छन् ।

बिहीबारबाट जारी स्थायी कमिटी बैठकमा नेताहरुले उठाएका प्रश्नहरुको शनिबार जवाफ दिने क्रममा प्रचण्डले अमेरिकाको इण्डोप्यासिफिक रणनीतिको अंग बन्न नसक्ने बताए । नेपालले चीनको बेल्ट एण्ड रोड इनिसिटिभ्सको सदस्य भइसकेकाले इण्डो प्यासिफिकमा जान नसक्ने उनले बताए ।

एमसीसी भने इण्डो प्यासिफिक अन्तरगत होइन रहेछ भने स्वीकार गर्नुपर्ने उनले बताए । यसबारे एकपटक अमेरिकासँग बुझ्ने भन्दै उनले भने, ‘लगानी गुम्न दिनु हुँदैन । इण्डो प्यासिफिक अन्तरगत होइन रहेछ भने स्वीकार गर्नुपर्छ,’ उनले भनेका छन् ।

यस्तो अवस्थामा पनि संसदमा पेश भएको सम्झौता परिर्माजन गरेर मात्र संसदले अनुमोदन गर्ने उनले बताए ।

नेकपा बैठकमा नेताहरुले एमसीसीको सहयोग इण्डो प्यासिफिक अन्तर्गत हुनसक्ने आशंका गरेका थिए । त्यसो भएमा स्वीकार गर्न नहुने उनीहरुको मत छ । तर परराष्ट्रमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले भने एमसीसीको सहयोग इण्डो प्यासिफिक रणनीतिको अंग नभएको बताएका थिए ।

स्रोतकाअनुसार यसबारे भोलि स्थायी कमिटीको बैठकले निर्णय गर्ने क्रममा थप छलफल हुनसक्छ ।

प्रतिवेदन परिमार्जन हुने

जवाफका क्रममा प्रचण्डले राजनीतिक प्रतिवेदन परिमार्जन गर्ने प्रतिवद्धता जनाएका छन् । राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिबारे चर्चा गरिएको अंश परिर्माजन गर्ने उनकेा आश्वासन छ ।

यस्तै स्थानीय तहको सरकार सञ्चालनका लागि संयन्त्र बनाउने उनले बताए । मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो दिन नै सूचना दिएको भन्दै उनले कसैलाई अपमान गर्ने नियत नभएको स्पष्टीकरण दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment