Comments Add Comment

चिसो बढेपछि इटहरीका विद्यालय बन्द, विराटनगरमा सहयोगको अपिल

६ पुस, विराटनगर । लगातार बढेको चिसोका कारण विद्यालय आउने विद्यार्थीको संख्या घटेपछि इटहरी उपमहानगरपालिकाले तीन दिनका विद्यालय बन्द गरेको छ । विराटनगर महानगरपालिकाले बिपन्न बालबालिकाका लागि न्यानो कपडा सहयोग गर्न सार्वजनिक अपिल गरेको छ ।

केही दिनयता बढेको चिसोका कारण विराटनगरका विद्यालयमा आउने विद्यार्थीको संख्या पनि घटेको छ । विद्यार्थीको संख्या घटेपछि विराटनगर महानगरपालिकाले विपन्न बालबालकिाका लागि सहयोग गर्न अपिल गरेको हो ।

इटहरी उपमहानगरपालिकाले आइतबार सूचना जारी गर्दै सोमबारदेखि तीन दिन इटहरीका निजी तथा सरकारी विद्यालयमा विदा दिएको छ । उपसचिव कुमारीअम्बिका साहले सूचना जारी गर्दै कक्षा १–१२ सम्मका तीन दिन बिदा दिने निर्णय भएको जानकारी दिएकी छन् ।

आइतबार नै सूचना प्रकाशित गरेको विराटनगर महानगरपालिकाले चिसोका कारण प्रभावित बनेका विपन्न समुदायका बालवालिकाहरुका लागि न्यानो कपडा वितरण गर्न अपिल गरेको हो ।
चिसोका कारण विद्यालयमा जाने विद्यार्थीको संख्या आधाबन्दी बढीले घटेको छ । विद्यार्थी स्कुलसम्म नआएपछि स्कुल आउने बातावरण बनाउन न्यानो कपडा वितरणका लागि विराटनगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले अपिल गरेका हुन् ।
विराटनगरमा विपन्न समुदायको बसोबास बाक्लो छ । जाडोबाट प्रभावितहरुलाई महानगरपालिकाले सहयोग गर्ने योजना बनाएको छ ।

न्यूनतम तापक्रम ९.३, अधिकतम १९ डिग्री सेल्सियस्

केही दिनयता बढेको चिसोका कारण विराटनगरको तापक्रम न्यूनतम ९.३ डिग्री सेल्सियस पुगेको छ । चिसो बढेपछि न्यूनतम तापक्रम ९.३ डिग्रीसेल्सियससम्म पुगेको हो ।

हावापानी कार्यालय विराटनगरका अनुसार चिसो सुरु भएपछि शनिबार न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियससम्म पुगेको थियो । बिहीबार विराटनगरको अधिकतम तापक्रम १६.४ र न्यूनतम ९.५ डिग्रिसेल्सियस मापन गरिएको थियो ।

शुक्रबार अधिकतम तापक्रम १४.६ र न्यूनतम १०.५ डिग्री सेल्सियस मापन भएको थियो । शनिबार न्यूनतम ९.३ र अधिकतम १९ डिग्रिसेल्सियस थियो भने आइतबार न्यूनतम तापक्रमा १०.२ डिग्रिसेल्सियससम्म झरेको हावापानी कार्यालयकी प्राविधिक सहयोगी अनिसा बस्नेतले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment