Comments Add Comment

वीरगञ्जको श्री सिद्धि विनायक उद्योगमा प्रहरीको छापा, ४ जना पक्राउ

६ पुस, वीरगञ्ज । प्रहरीले वीरगञ्ज–१५ ब्रम्हचोकमा सञ्चालित श्री सिद्धि विनायक पुजा सामाग्री प्रोडक्टमा छापमारी गरेको छ । उद्योगमा छापामारी गरेर प्रहरीले ठूलो परिमाणमा घ्यूसहित ४ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

उद्योगमा पुजा घ्यू, कलश घ्यू लेखिएका कागजका खोल, बट्टामा प्याक गरिएको तयारी र कच्चा घ्यू बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले भ्यानमै राखेर तयारी एवं कच्चा घ्यू र केही मेशिन समेत बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ ।

उद्योगका सञ्चालक सुनिल श्रेष्ठ, अनिल श्रेष्ठ हुन् । प्रहरीले उनीहरु सहित कामदार राम बिलास र रमेश श्रेष्ठलाई समेत नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । तर यसको आधिकारिक पुष्टी भईसकेको छैन । अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिएको पुष्टि प्रहरीले गरेको छ । तर प्रहरीले पक्राउ परेकाहरुको नाम र के कति परिमाणमा घ्यू तथा अन्य समान बरामद भएको हो सार्वजनिक गरेको छैन ।

केमिकल मिसाएर घ्यू उत्पादन गरेको सूचनाको आधारमा उद्योगमा छापामारी गरिएको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘केमिकल मिसाएर घ्यू बिक्रि गरेको सूचनाका आधारमा उद्योगमा छापामारी गरेका हौं ।’ एसपी राठौरले भने ‘अनुसन्धानका लागि ४ जनालाई नियन्त्रणमा लिएका छौं । अनुसन्धान पछि विस्तृत विवरण सार्वजनिक गर्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

गुल्जार छ रारा

Advertisment