+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सीमा विवादबारे श्वेतपत्र जारी गर्न सीमा बचाऔं अभियानको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष ८ गते १९:१६

८ मंसिर, काठमाडौं । सिमा बचाऔं अभियानले सीमा विवादबारे श्वेतपत्र जारी गर्न माग गरेको छ । अभियानको राष्ट्रिय परिषद, नक्सा समितिको मंगलबार काठमाडौं, घट्टेकुलोमा बसेको बैठकले श्वेतपत्र जारी गर्न दवाव दिने निर्णय गरेको हो ।

‘नेपाल सरकार र भारत सरकारका विभिन्न अधिकारीहरूको तर्फबाट ९८ प्रतिशत सीमा विवाद हल भइसकेको एवं कालापानी र सुस्ता मात्र विवाद रहेको र यो विवाद कुटनैतिक रुपमा हल गर्ने तयारी भैरहेको भन्ने कुरा पटक पटक सार्वजनिक भइरहेको छ, त्यसको यथार्थ के हो ?’ बैठकको निर्णयमा भनिएको छ, ‘दुई पक्षको बीचमा कसरी, कहाँ र कहिले टुङ्गियो त्यसबारेमा नेपाली जनतालाई श्वेतपत्र मार्फत सार्वजनिक गर्न सरकारलाई दवाव दिने निर्णय गरियो ।’

सरकारले विवादित क्षेत्रको आधिकारिक विवरण सार्वजनिक नगरेको भन्दै समितिले सम्पूर्ण विवादित क्षेत्रको स्थलगत अध्ययन गर्ने निर्णय समेत गरेको छ ।

सरकारले पठाएको कुटनीतिक नोटको भारतले जवाफ दिएको सार्वजनिक भएकै दिन बसेको समितिको बैठकले एक महिने दवावमूलक कार्यक्रम सार्वजनिक गरेको हो । परराष्ट्र मन्त्रालयले ४ मंसिरमा पठाएको कुटनीतिक नोटको जवाफ भारतले एक महिनापछि पठाएको बताइएको छ ।

भारतले पठाएको पत्रबारे आधिकारिक जानकारी भएपछि अभियानले विस्तृत धारणा सार्वजनिक गर्ने अभियानमा सहभागी विश्लेषक श्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?