Comments Add Comment

माघे संक्रान्तीमा पहिले मारामार, अहिले सुनसान

माघ १ गतेको सार्वजनिक बिदाका लागि नेपाली चलचित्र रिलिजका लागि निर्माताले मारामार गर्थे । यो केही बर्ष अगाडिको कुरा हो । माघ १ गते पर्ने माघे संक्रान्तीको बिदाका कारण निर्माताले चलचित्र जुधाएको खबर केही बर्ष अघिसम्म खुबै आउने गरेका थिए ।

एक दिनको बिदाका लागि ३ वटासम्म चलचित्र रिलिज भएका उदाहरण छन् । माघे संक्रान्तीको बिदामा राम्रो कमाई हुने अपेक्षा निर्माताको थियो । तर, यो बर्षको चलचित्र रिलिजको क्यालेन्डेर हेर्ने हो भने उदेकलाग्दो छ । यो बर्षको माघे संक्रान्तीमा कुनै पनि चलचित्र रिलिज नहुने भएका छन् ।

पौष लागेसँगै हलमा नेपाली चलचित्रको उपस्थिती छैन । बलिउड र हलिउड चलचित्रकै हालिमुहाली हलमा छ । जाडो लागेर चलचित्र चलाउन निर्माता डराएका हुन् भन्ने हो भने पनि ‘दबंग ३’ हेर्न २ दिन राम्रै दर्शक हलमा देखिएका थिए । चलचित्रको समिक्षा कमजोर भएपछि आइतबार यो चलचित्रको व्यापारमा भारी गिरावट आएको छ ।

नयाँ नेपाली चलचित्र अब माघको ३ गते रिलिज हुँदैछ । दर्शकले माघ २४ अगाडि चलेका कलाकारको चलचित्र हेर्न पाउने छैनन् । यो बर्ष चलचित्र निर्माणमा कमी त आएको छ । यसको असर, अब हलमा पनि देखिन थालेको छ । जसलेगर्दा, माघे संक्रान्तीको बिदामा समेत निर्माताले चलचित्र रिलिज गर्न चासो देखाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment