Comments Add Comment

मनकामनामा स्वस्तिमाको भाकल

नायिका स्वस्तिमा खड्काले अभिनय गरेका २ वटा चलचित्र यो बर्ष सुपरफ्लप भैसकेका छन् । चलचित्रले दुई दिन पनि दर्शक तान्न नसक्दा स्वस्तिमाको स्टारडमको प्रश्न पनि उब्जिएको छ । यसैले पनि स्वस्तिमाका लागि चैत्र २८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चपली हाइट ३’ विशेष छ ।

यो चलचित्रले राम्रो व्यापार गरेको खण्डमा स्वस्तिमाको यो बर्ष सुखद तरिकाले बिदा हुनेछ । यदि, यो चलचित्र पनि चलेन भने स्वस्तिमाको एकै बर्षमा असफलताको ‘ह्याट्रिक’ नै हुनेछ । स्वस्तिमा, वि.सं २०७६ सालको बिदाई सुखद तरिकाले नै गर्न चाहन्छिन् ।

यसैले, पनि स्वस्तिमा यो चलचित्रका लागि अझै गम्भिर बनेको देख्न सकिन्छ । चलचित्रको छायांकन सकिएलगतै यसका निर्माता अर्जुन कुमार र कलाकार आमिर गौतमको साथमा स्वस्तिमा मनकामना दर्शक गर्न पुगेकी छिन् ।

मनकामनामा चलचित्रको टिमले चलचित्र सफलताको कामना गर्दै पूजा गरेको छ । मनकामनामा भेटिएका आफ्ना फ्यानसँग स्वस्तिमाले तस्वीर पनि खिचाइन् । ‘चपली हाइट ३’का टिम मात्र होइन, थुप्रै चलचित्रकर्मीहरु चलचित्रको सफलताका लागि पूजा गर्न मनकामना पुग्ने गरेका छन् ।

निकेश खड्का निर्देशित यो चलचित्रले सस्पेन्स थ्रीलर कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment