Comments Add Comment

ए डिभिजन लिगमा चौथो चरणका खेल आजदेखि

१४ पुस, काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेलहरु आजदेखि शुरु हुँदैछ । आज दुई खेल हुनेछन् । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाइनेछ ।

एन्फाले यसअघि एन्फा कम्प्लेक्स र दशरथ रंगशालामा गरेर दुई ठाउँमा खेल खेलाए पनि बुधवार सरकारले रंगशालामा भ्रमण वर्ष २०२० को कार्यक्रम राखेपछि चौथो चरणको सबै खेल एन्फा कम्प्लेक्समै हुन लागेको हो ।

चौथो चरणको पहिलो खेल मच्छिन्द्र क्लब र न्यू रोड टिम (एनआरटी) बीच हुनेछ । खेल बिहान साढे ११ बजे शुरु हुनेछ । यस्तै दिउँसो ३ बजे हुने खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले फ्रेण्ड्स क्लबसँग खेल्नेछ ।

मच्छिन्द्र र मनाङ यस सिजन अपराजित छन् । उता फ्रेण्ड्सले भने अहिलेसम्म अंक जोड्न सकेको छैन ।

तीन खेलमा तीन खेल नै जितेको मनाङ ९ अंकसहित शीर्ष स्थानमा छ । ६ अंक जोडेको मच्छिन्द्र तेस्रो स्थानमा छ । मच्छिन्द्र ले एनआरटीलाई पराजित गरेमा मनाङसँग अंक बराबरी गर्नेछ ।

एनआरटी भने ४ अंक जोड्दै छैटौँ स्थानमा छ । लगातार तीन खेल हारेको फ्रेण्ड्स क्लब पहिलो अंकको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment