+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल इराक छाड्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १६:०३

काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई यथासम्भव छिटो इराक छोड्न भनेको छ । आफ्नो सेनाको हवाई आक्रमणबाट शुक्रबार इरान समर्थित क्यूद फोर्सका प्रमुख मारिएको केही घण्टापछि नै अमेरिकाले यस्तो आग्रह गरेको हो ।

इराकस्थित अमेरिकी दूतावासद्वारा जारी एडवाइजरीमा इराक लगायतका क्षेत्रमा बढी रहेको उच्च तनावका कारण आफ्ना नागरिकलाई इराक छाड्न भनिएको छ । सकेसम्म विमान नभए जे सम्भव हुन्छ त्यही साधनबाट तुरुन्तै इराक छाड्न भनिएको छ ।

अमेरिकी सेनाले बगदाद अन्तराष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा इरान समर्थित क्यूद फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएका थिए । अमेरिकी रक्षा विभागले राष्ट्रपति डोनल्ड ट्रम्पकै निर्देशनमा सोलेमानी मारिएको जनाएको छ ।

सोलेमानी मारिए लगत्तै ट्रम्पले ट्विटरमा अमेरिकी झण्डा राखेका छन् ।

गत शुक्रबार इरान समर्थित इराकी मिलिसियामाथि अमेरिकाले गरेको सैन्य कारबाहीको विरोधमा भएको प्रदर्शनका क्रममा इराकस्थित अमेरिकी दूतावासको बाहिरी पर्खाल भत्काइएको थियो । त्यसलगत्तै ट्रम्पले इरानले ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका थिए ।

‘हाम्रो कुनै पनि सम्पत्ति वा जीवनमा पुग्न गएको क्षतिका लागि इरान पूर्ण रुपमा जिम्मेवार छ, उनीहरूले यसको ठूलो मूल्य चुकाउनु पर्नेछ, यो कुनै चेतावनी होइन, यो धम्की हो, नयाँ वर्षको शुभकामना’ ट्रम्पले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?