Comments Add Comment

विरोधको नयाँ शैली : आफ्नै अनुहारमा कालो माेसाे !

तस्वीर : राजाराम तण्डुकार

२२ पुस, काठमाडौं । तराई मधेस फास्ट ट्रयाकलगायतका विकास निर्माणका कामबाट आफूहरुको जग्गा र साँस्कृतिक सम्पदा नष्ट गर्ने भन्दै ललितपुरको खोकनाका वासिन्दाले आफ्नै मुखमा कालो दलेर विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार खोकनाको लाछिमा भेला भई स्थानीयले आफ्नो अनुहारमा कालो दलेर विरोध प्रदर्शन गरेका हुन् । मुहारमा कालो दलेर उनीहरुले साँगीतिक कार्यक्रम पनि गरे ।

फास्ट ट्रयाक, बाहिरी चक्रपथ, स्मार्ट सिटी, सुरुङमार्ग लगायतका योजनाको माध्यमल स्थानीयको जग्गा र साँस्कृतिक संरचना मास्न लागेको भन्दै स्थानीय वासिन्दा लामो समयदेखि आन्दोलनमा छन् ।

सरकारले आफूहरुको कुरा सुन्दै नसुनेकाले विरोधको नयाँ स्वरुप अवलम्बन गरेको खोकनाको नेपाल साँस्कृतिक पुनर्जागरण अभियानका सदस्य मिलन डंगोलले जानकारी दिए ।

नेपाल सांस्कृतिक पुनर्जागरण अभियान, सेभ नेपा भ्याली, नेपाल राष्ट्रिय परिषदको संयुक्त आयोजनामा गरिएको सांकेतिक र शान्तिपूर्ण विरोध अभियानलाई उनीहरुले “हाख: ईलेगु अर्थात (मोसो लेपन) नाम दिएका छन् । यो कार्यक्रम हाख इलेगुको पहिलो चरण भएको स्थानीयले बताएका छन् । आगामी दिनहरुमा अझै सशक्त आन्दोलन गर्ने उनीहरुको भनाइ छ ।

विकासको नाममा आदिवासी जनजाति र मूलबासीको भूमि, भाषा नास गरी सामाजिक, आर्थिक राजनीतिक रुपमा विस्थापन गर्न खोजेको खोकनाबासीको आरोप छ । फास्ट ट्र्याकको योजनाबाट खोकनाको पुरातात्त्विक सम्पदा क्षेत्र कुदेश, सिखालीलगायत, देप, हिति, महाद्वों, मचा बग: जस्ता जीवन मृत्यु संग जोडिएका सांस्कृतिक सामाजिक धरोहरहरु नष्ट हुने उनीहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment