+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

एनआरएन अस्ट्रेलियाले गर्‍यो प्रवक्तासहित विभिन्न पदमा नियुक्ति

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते ११:१३

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अस्ट्रेलियाले विभिन्न पदमा नियुक्ति गरेको छ ।

अधिवेशन भएको झन्डै ६ महिनापछि यी नियुक्तिहरु भएका हुन् । आइतबार भएको एनआरएन अस्ट्रेलियाको बैठकले प्रवक्तामा नन्दु गुरुङलाई नियुक्त गरेको छ भने पब्लिक अफिसरमा कोमल पाठकलाई नियुक्त गरेको छ ।

त्यस्तै कुइन्स ल्याण्डका रदीप थापा, न्यू साउथ वेल्सका पूर्ण नाथ घिमिरे र दक्षिण अस्ट्रेलियाकी प्रजिता गेलाललाई एनसीसी सदस्यमा मनोनयन गरिएको छ ।

सोही बैठकले न्यू साउथ वेल्सका डा कृष्ण श्रेष्ठ, दिनेश पोखरेल, श्रीजना संग्रौला, दिनेश जोशी, सीके भुसाल, दिनेश जोशी, हेमन्त काफ्ले, बिबेक थापा, केशब सापकोटा, गणेश तामाङ्ग, त्रिलोचन पोखरेल, सुजित सिग्देल, हिमलाल गैरे, बालचन्द्र भट्टराई, दक्षिण अस्ट्रेलियाबाट सूर्य आचार्य र प्रविन गुरागाईलाई सल्लाहाकारमा नियुक्त गरेको छ ।

यस्तै, पश्चिम अस्ट्रेलियाबाट डम्बर श्रेष्ठ, तास्मानियाबाट अनिल श्रेष्ठ, भिक्टोरियाबाट बिनित शर्मा, श्री पन्त, सुनिल भण्डारी, क्यानबेराबाट दुर्गगत्त कंडेल कुइन्स ल्याण्डबाट वामदेव पौडेल र डार्विनबाट नवीन वाग्लेलगायत दुई दर्जनलाई पनि सल्लाहकार नियुक्त गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?