+
+

ओमनका सुल्तान कावुसको निधनप्रति ऊर्जामन्त्री पुनद्वारा समवेदना व्यक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २९ गते १२:४४

२९ पुस, ओमन । ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्र्षमान पुनले ओमनका सुल्तान कावुस विन तारिक विन ताइमुर विन अल सइदको निधनप्रति नेपालका तर्फबाट ओमनको सरकार तथा त्यहाँका जनताप्रति समवेदना प्रकट गरेका छन्।

अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संघ (आईरीना)को १० औं साधारणसभामा सहभागी हुन युएइको अबुधाबी पुगेका मन्त्री पुन त्यहीँबाट ओमनको राजधानी मस्कट पुगेर समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्ररपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट नवनियुक्त सुल्तान मौसुफ हाइतम विन तारिक विन ताइमुर अल सइदलाई भेटेर समवेदना प्रकट गरेका हुन् ।

मन्त्री पुनले राष्ट्रपति भण्डारीले पठाएको लिखित समवेदना पत्र सुल्तान हाइतमलाई हस्तान्तरण गरेका छन् ।

मन्त्री पुनले ओमनको शान्ति, समृद्धि तथा निरन्तर प्रगतिको कामनासमेत व्यक्त गरेका थिए ।

भेटमा सुल्तान हाइतमले समवेदना व्यक्त गर्ने नेपालका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री पुनका साथै सम्पूर्ण नेपालीलाई धन्यवाद व्यक्त गरे ।

साथै सुल्तान हाइतम विन तारिक विन ताइमुर अल सइदले नेपाल र ओमनबीच कायम रहेको मैत्रीपूर्ण सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा समेत थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

समवेदान प्रकट गर्ने ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल र मन्त्री पुनका सचिवालय प्रमुख दुर्गाप्रसाद चापागाईं समेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?