Comments Add Comment

ए डिभिजन लिगमा आज २ खेल, आर्मीलाई स्पष्ट अग्रताको मौका

६ माघ, काठमाडौं । जारी शहीद स्मारक लिगमा आज दुई खेल हुँदैछन् ।

मध्याह्न १२ बजे संकटा क्लब र बिग्रेड तथा दिउँसो ३ बजे आर्मी र च्यासलबीच प्रतिस्पर्धा हुने एन्फाले जनाएको छ ।

विभागीय क्लब त्रिभुवन आर्मी जारी शहीद स्मारक लिगमा अहिले गोलअन्तरमा शीर्ष स्थानमा छ । सातौं चरणको पहिलो खेलमै मछिन्द्र क्लब हिमालयन शेर्पा क्लबसंग पराजित भएपछि भाग्यमानी बनेको आर्मी त्यसयता निरन्तर शीर्ष स्थानमै छ । मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लबले बराबरी खेल्दा पनि आर्मीलाई नै फाइदा पुग्यो ।

आर्मीले अहिलेसम्म लिग जित्न सकेको छैन । यो पटक आर्मीलाई मौका पनि छ र टिम पनि राम्रो छ । त्यसको लागि आधार तयार गर्ने अवसर हुन सक्छ आर्मीलाई सातौं चरणको खेल ।

उता यस सिजन पहिलो खेलमै गत वर्षको उपविजेता संकटा क्लबलाई २–० ले पराजित गरेपछि च्यासल युथ क्लबले पनि आफूलाई उपाधि होडमा लैजाने दाबी गरेको थियो । तर दोस्रो खेलमै मछिन्द्र क्लबसँग अग्रता लिएर पनि अंक बाँड्न बाध्य भएपछि च्यासलले अर्को जित हात पार्न सकेको छैन । ६ खेलमा च्यासल जितविहीन छ । दुवैलाई जितको खाँचो छ । आर्मीलाई जितले अझ माथि पुर्‍याउनेछ भने च्यासललाई शीर्ष ६ को होडमा राख्नेछ ।

आर्मीले सोमबार च्यासल युथ क्लबसँग खेल्दा ३ अंक लादै शीर्ष स्थानमा स्पष्ट अग्रता बनाउने अवसर हुनेछ ।

६ खेलबाट आर्मीको १३ अंक छ भने च्यासलको ६ अंक नै छ । बर्मीले ४ खेलमा जित हात पार्दा १ खेल बराबरी खेलेको थियो । एक खेलमा भने हार बेहोरेको थियो । उता च्याससले १ जित र ३ बराबरीबाट ६ अंक जोडेको हो । दुई खेलमा भने च्यासल पराजित भएको थियो ।

आर्मी र च्यासलबीचको खेल दिउँसो ३ बजे दशरथ रंगशालमा हुनेछ ।

त्यसअघि मध्यान्न १२ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटा क्लब र ब्रिगेड ब्वाइज क्लब भिड्नेछन् । गत सिजन उपविजेता भएको संङ्कटाले यस पटक सोचे अनुसार खेल्न सकिरहेको छैन । ६ खेलबाट ८ अंक जोडेको संकटा आठौं स्थानमै छ । समान खेलबाट ७ अंक रहेको ब्रिगेड भने दशौँ स्थान छ ।

त्यसैले दुवै टोली जित हात पार्दै अंक तालिकामा सुधार गर्न चाहन्छन् । संकटाले ब्रिगेडलाई हराएमा ११ अंक जोड्नेछ र यस्तोमा लिगको शीर्ष सातमा रहने क्लबबीच मात्र २ अंकको दूरी हुनेछ । यो आर्मीको खेलअघिसमम मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment