Comments Add Comment

रियलमी फाईभ आई बजारमा

८ माघ, काठमाडौं । बजारमा निकै छोटो अवधिमा फस्टाउन सफल स्मार्ट फोन ब्राण्ड, रियलमीले आफ्नो रियलमीफाईभ सिरिज अन्तर्गतको नयाँ क्वाड् क्यामेरा फोन रियलमीफाईभ आई नेपालीबजारमा भित्राएको छ ।

रियलमी फाईभ सिरिजको विश्वभर ५.५ मिलियनभन्दा बढी ढुवानी सफलपुर्वक भएको रियलमीले थप राम्रो क्यामेरा, ब्याट्री, डिजाईनको साथमा सुपथमुल्यमा रियलमीफाईभ आई बजारमा ल्याएको छ ।

५०००एमएच ब्याट्रीको साथमा रियलमी फाईभ आईले उक्तमुल्यश्रेणीमा सबै भन्दा राम्रो ब्याट्री-लाईफ र सबै भन्दालामो ३० दिने स्ट्याण्डबाई प्रदान गर्छ ।

रियलमीफाईभ आईमा ब्याट्रीको सुरक्षानिश्चित गर्नका लागी फायर प्रुफ- प्रोटेक्टिभ-सेपरेशनको साथनिर्माण गरिएको छ ।

रियलमीफाईभ आईमा ११ एन्एम् उत्पादन प्रक्रियामा आधारित स्नापड्रागन ६६५ एआईई रहेको छ जसले गर्दा, २.० गिगाहर्जको क्लक् स्पिडमा कार्यहरु सञ्चालन गर्न सक्छ । साथै, थर्ड जेनेरेसन क्वालकम् एआईले उल्लेखनीय गेमिङ अनुभव र प्रदर्शन प्रदान गर्छ ।

रियलमी फाईभ आईको स्लिम बडीमा नयाँ सनराईज डिजाईन प्रयोग गरिएको छ । ब्याक कभरको ग्रेन्स्हरु जर्मन फाईभ-एक्सिस् प्रेसिजन रेडियम कार्भिङ मेशिनबाट तयार गरिएको छ । रियलमी फाईभ आई दुई भिन्न रङहरु – एक्वा ब्लु र फरेस्ट गि्रनमा उपलब्ध रहेको छ ।

रियलमी फाईभ आईमा ११९ अल्ट्रा-वाईड एन्गल लेन्स् (८एम.पी), मेन क्यामेरा १२एम.पी), पोरट्रेट लेन्स् (२एम.पी) र अल्ट्रा म्याक्रो लेन्स् (२एम.पी) को क्वाड क्यामेरा सेटप रहेको छ ।

अल्ट्रा-वाईड एन्गल लेन्स्मा नाईटस्केप २.० समावेश गरिएको छ जसले गर्दा रातीवाअध्याँरो स्थानमावाईडर भ्युको साथमाउत्कृष्ट तस्बिरहरु लिन सकिन्छ । मेन क्यामेराले ई.आई.एस्. ईफेक्ट प्रयोग गर्छ जसले गर्दा चलिरहेको अवस्थामा स्थिर भिडियोहरु खिच्न सकिन्छ ।

रियलमीफाईभ आईमा प्रयोग भएको सˆटवेयर, कलरओएस् ६.१ ले रियल प्राईभेसी फङसन, हटस्पट म्यानेजमेन्ट, क्लिनर र सिम्पल्र युआई जस्ता थ्ुप्रै फिचरहरु प्ा्रदानगर्दछ । कलर ओएस् ६.१ को साथमा, रियलमी फाईभ आइले डार्क मोड एक्टिभेट गर्न सक्छ जसले गर्दा अध्याँरो स्थानमाफोन चलाउँदा आँखालाई सहज हुने गर्छ ।

रियलमी फाईभ आईका विभिन्न भेरियन्टहरुको मूल्य ४+६४ जिबिलाइ रु २०,९९० छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment