Comments Add Comment

टुँडिखेलमा सोनाम ल्होछारको रौनक

११ माघ, काठमाडौं । तामाङ समुदायले विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व अर्थात नयाँ वर्ष मनाएका छन् । देशका विभिन्न ठाउँबाट राजधानी आएका बसोबास गर्ने तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गरी मनाएका हुन् ।

तामाङ समुदायमा ज्ञानका देवता अर्थात इस्ट देवता मञ्जुश्रीले पन्चशीर्ष डाँडामा बसेर ८४ हजार ग्रन्थको धर्मतिर्सना गरेको ऐतिहासिक दिन सोनाम ल्होछार भएकाले यस पर्वलाई सुरुवाती वर्षको रुपमा समेत मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार तामाङ समुदायले शनिवार नयाँ वर्ष मनाएका हुन् ।

मञ्जुश्री पात्रो अनुसार शनिबारदेखि २८५५ वर्ष पुरा भई २८५६ वर्ष सुरु भएको छ । तामाङ समुदायको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले प्रत्येक जनावरले एकएक पटक शासन गर्छन् भन्ने विश्वाससहित सुँगुर वर्ष अन्त्य भई मुसा वर्ष सुरु भएको जानकारी दिए ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गका वर्षमा विभाजन गरिएको छ ।

काठमाडौंको टुडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायको संस्कृति, भेषभुषा तथा विभिन्न परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो । तामाङ समुदायका विभिन्न संगठनहरुले सांस्कृतिक झाकि समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment