Comments Add Comment

दुनियाँकै वजनदार बालक, ४ वर्षमा घटाए १ सय ८ किलो तौल

इण्डोनेसियाका आर्या पमाना नामका बालकको शरीरको वजन १ सय ९० किलो थियो । उनी विश्वकै सबैभन्दा वजनदार बालकको रूपमा चर्चित भए । ४ वर्षअघि १ सय ९० किलोको वजन भएका आर्या अहिले निकै नै फिट भइसकेका छन् । पछिल्लो ४ वर्षमा उनले नाटकीय रूपमा आफ्नो तौल घटाएका छन् ।

१४ वर्षका आर्याको ४ वर्षअघि र अहिलेको तस्वीर सोसल मिडियामा सार्वजनिक भएसँगै मानिसहरू छक्क परे । आर्याका व्यायाम शिक्षक एडी रायले उनका पहिले र अहिलेका तस्वीर सोसल मिडियामा राखेका छन् ।

राय इण्डोनेसियाका बडी बिल्डर हुन् । सन् २०१६ मा आर्याको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै उनले आर्याको व्यायाम शिक्षक बनेका थिए ।

४ वर्षअघि १० वर्षको उमेरमा उनको तौल १ सय ९० किलो रहेकोमा अहिले ८२ किलोमात्रै रहेको छ । अर्थात् ४ वर्षमा उनले १ सय ८ किलो तौल घटाउन सफल भएका छन् । जुन चमत्कार भन्दा कम होइन ।

पहिले राम्रोसँग उभिन र हिँड्नसमेत नसक्ने आर्या अहिले भार उठाउन तथा अन्य काम र कसरत गर्नसमेत सक्ने भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment