Comments Add Comment

देशकै माटोमा बच्चा जन्माउने भन्दै कन्टेनरमा मगाइयो माटो

आफू जन्मेकै देशमा आफ्ना सन्तान जन्माउने चाहना हरेक बाबु आमाको हुन्छ । तर सबैका लागि अनेक कारणले त्यस्तो मौका नमिल्न सक्दछ ।

देश बाहिर बसोबास गरिरहेको अवस्थामा बच्चा जन्माउँदा चाहेर पनि देशको माटोमा सन्तान पैदा गर्ने चाहना पूरा हुँदैन । तर जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ देशको माटोको माया हुनेहरुले दुनियाँमा जहाँ हुँदा पनि आफ्नै देशको माटोमा बच्चा जन्माउन सक्दा रहेछन् ।

हालै इटालीमा एउटा यस्तै घटना घटेको छ । हाल इटालीमा कार्यरत एकजना अमेरिकी सैनिकले आफ्नै देशको माटोमा बच्चा जन्माउने भन्दै अमेरिकाबाट एक कन्टेनर माटो इटाली लगेका छन् ।

आफ्नो बच्चाले जब पाइला टेक्दछ, तब उसको पहिलो पाइला देशकै माटोमा परोस् भन्नका लागि उनले यस्तो अनौठो आँट गरेका हुन् ।

इटालीमा परिवार सहित बस्दै आएका ती सैनिकले गर्भवती श्रीमती सुत्केरी हुनुभन्दा पहिले नै रकम खर्चिएर अमेरिकाबाट कन्टेनरमा माटो मगाएका थिए ।

अमेरिकी प्याराट्रुपर सेनामा कार्यरत टोनी ट्रेकोनी नामका ती युवकलाई आफ्नै देश अमेरिकाम बच्चा जन्माउने चाहना थियो । तर उनको ड्युटी इटालीको पडुआ क्षेत्रमा पर्यो । पत्नीसहित पडुआमा बस्न थालेका टोनीकी पत्नी गर्भवती भएपछि उनी सोँचमग्न भए ।

सुत्केरी हुनुभन्दा अगाडि नै पत्नीलाई अमेरिका लिएर जाने योजना बनाएका थिए सुरुमा उनले । तर त्यो सम्भव भएन । त्यसपछि उनले सुत्केरी हुने मितिको एक महिना अगाडि नै अमेरिकाबाट कन्टेनरमा माटो मगाए ।

आफ्नो मातृभूमि टेक्सासबाट इटालीको कार्यस्थलसम्म माटो मगाउनका लागि उनले एक कम्पनीसँग सम्पर्क गरे । त्यसका लागि उनले २ सय डलर खर्च गरे । एक कन्टेनरमा माटो भरेर पानी जहाजमार्फत इटाली पुर्‍याइएको थियो ।

जब बच्चा जन्माउनका लागि उनकी पत्नीलाई अस्पतालमा भर्ना गरियो । उनले अमेरिकाबाट मगाएको माटोमध्ये केही भाग अस्पतालमा पत्नी सुतेको बेड मुनि लगेर राखिदिए । यसो गर्दा आफ्नो बच्चा अमेरिकामै जन्मिएको आभाष आफुहरुलाई होस् भन्ने उनको चाहना थियो ।

आफ्नो देशबाट मगाएको बाँकी माटो उनले सँगालेर राखेका छन् जसमा आफ्नो बच्चा हिँड्ने भएपछि उनले हिँडाउनेछन् । एजेन्सीको सहयोगमा  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment