Comments Add Comment

उपमेयर नेपालीको प्रष्टीकरण : म बिरामी छु, अमेरिकामा लुकेको होइन

१२ माघ, काठमाडौं । अमेरिका पुगेर लुकेको भनिएकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली दर्शनाले स्वास्थ्य समस्याका कारण नेपाल फर्कन नसकेको स्पष्टीकरण दिएकी छन् । आफूले बारम्बार फोन गर्दा पनि मेयरले नउठाएको उनको दाबी छ ।

अमेरिकामा आयोजित एक गोष्ठीमा भाग लिन कात्तिकको पहिलो साता दर्शना अमेरिका गएकी थिइन् । करिब एक महिनादेखि उनी आफूसित सम्पर्कमा नरहेको तिलागुफाका मेयर रतन शाहीले सञ्चारमाध्यमलाई बताएका थिए । साथै उनको फेसबुक अकाउन्ट पनि निष्कृय भएको थियो ।

यो पनि पढ्नुस्–अमेरिकामै लुकिन् तिलागुफाकी उपमेयर दर्शना

विवाद आएपछि उपमेयर नेपालले आफ्नो फेसबुक पुन एक्टिभ गर्दै स्टाटस लेखेकी हुन् । आफू बिरामी भएर नेपाल फर्किन नसकेको र उपचारका लागि अझै ५ महिना लाग्ने उनले बताएकी छन् ।

आफूलाई लागेको रोगका विषयमा भने जानकारी गराएकी छैनन् । नेपालीका अनुसार उनलाई भारतीय डाक्टर अञ्जीर कुमारले उपचार गरिरहेका छन् । उनले आफ्नो घाउमा नुन खुसार्नी नछर्कन अनुरोध गरेकी छन् ।

उनको स्टाटस यस्तो छ :

सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !

म आराम छैन । तपाईंहरु आराम हुनुहुन्छ भन्ने विश्वास छ ।

ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ । आज आएर बुझ्दै छु ।

म हराएको पनि छैन । म कतै लुकेको पनि छैन । म मेयर रतन शाहीलाई जानकारी नदिएर पनि आएको होइन उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।

अमेरीकाबाट बारबार फोन गर्दा, कार्यालयमा मेयरलाई सम्पर्क गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालजीसँग पनि कुरो भएको हो । वार्ड अध्यक्षहरुसँग पनि कुरो भएको हो । कतैबाट केही प्रतिक्रिया आएन ।

सहयोग त झन् कुरै भएन । अमेरिका आउँदाको प्लेन टिकट पनि नगरले पैसा हालेको नभएर मैले पनि बारबार माग्ने जस्तो कति चोटि कल गर्नु ।

मेयरलाई मेरो के मतलब र याद हुने कुरो पनि भएन र बारबार भिख मागिनँ । मैले सोचेँ म बरु मर्छु, तर सरकारी पैसामा उपचार गर्दिनँ, माग्दिन पनि किन कि मलाई मेरो प्लेन टिकटको पैसा त मेरो दाजुहरु पार्वत जी नेपाली/कालीप्रसाद पाण्डे दाजु र सुनिता पाण्डेले हाल्नुभएको हो । त्यसेले मागिनँ । त्यसपछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहिएन कसैले दिए पनि भनेको हो ।

अहिले म राम्रोसङ्ग बोल्न पनि सक्दिन । अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारतकी डा. अञ्जीरकुमार ले गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।

तिलागुफाका जनताहरुको माया-ममता ममा सधै छ र भैराख्ने छ । मैले नगरपालिका संघका महासचिव भीमप्रसाद ढुंगानाजीलाई पनि भनेकै हो बरु उहाँ र हाम्रो कलानिधि देवकोटा कार्यकारी अधिकृत नगरपालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो । मलाई सरकारी पैसाको उपचार नगराउने भनेर पर्दैन भनेँ ।

मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेताले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि मलाई उपचार गर भन्न पनि मेरो नैतिकले दिएन । तेसैले मैले सहयोग मागि‌नँ। गल्ती गरे माफ माउँ ।

जिन्दगीमा अरु केही नजाने पनि असल मान्छे कमाउन जानेकी छु । मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई । अब मेरो समाचार बनाउदै पेट पाल्नेहरुलाई मेरो भन्नू केही छैन र मेरो स्वास्थभन्दा ठूलो केही छैन । कृपया मलाई बाच्न दिनुहोस् । म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ? म दुनियाँकै शक्तिशाली भए पनि केही छैन मलाई ।

अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् । के गर्ने हो गर्नुहो । मेरो घाउमा नुन-खुर्सानी हाल्ने काम कृपया नगरिदिनुहोला । मलाई जिम्मेवारीका बारेमा राम्रोसङ्ग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment