Comments Add Comment

पानी होइन पत्थरको नदी, रहस्यको पर्दा अझै उघ्रिएन

नदी भन्ने बित्तिकै पानी त अपरिहार्य तत्व नै हो । नदीमा पानीसँगै ढुंगाहरू पनि हुनु सामान्य हो । तर यो दुनियाँमा एउटा यस्तो नदी छ, जुन पानी होइन केवल ढुंगाले बनेको छ ।

उक्त पत्थरको नदीमा असंख्य ढुंगाहरू छन् । ढुंगाका टुक्राहरू यसरी टाढासम्म फैलिएका छन् कि त्यो नदी जस्तै लाग्दछ । तर टाढाबाट हेर्दा बगेको नदीको बगर जस्तै देखिने त्यहाँ पानीको कुनै अंश छैन ।

यो रहस्यमय ढुंगे नदी रुसमा छ । वैज्ञानिकहरूका लागि यो अहिलेसम्म पनि रहस्यको विषय बनिरहेको छ ।

प्रकृतिको यो अद्भूत ठाउँलाई स्टोन रिभरको नामले चिनिन्छ । विशाल नदी सुकेर ढुगामात्र बाँकी रहेकोजस्तो देखिने त्यस क्षेत्रमा ६ किलोमिटरसम्म ढुंगै ढुंगा थुप्रिएका छन् ।

ढुंगेनदी २० मिटरदेखि ७ सय मिटरसम्म चौडा रहेको छ । ढुंगाको आकार स–सानादेखि १० टनसम्मका रहेका छन् ।

त्यस ठाउँमा त्यतिधेरै ढुंगाहरू कहाँबाट आएर थुप्रिएका होलान् र कसरी त्यसले एउटा नदीको धारजस्तै स्वरूप लिए होला ? यो प्रश्नको जवाफ अहिलेसम्म भेटिएको छैन ।

कतिपय वैज्ञानिकहरूले चाहिँ १० हजार वर्ष पहिले हिमनदी विस्फोट भएर बगेको पानीले ढुंगाहरू त्यसरी थुपारेको हुनसक्ने विश्वास गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment