+
+
Shares

राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, १२ मानव अधिकारकर्मी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १३ गते १२:०२

१३ माघ, काठमाडौं । राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गर्ने १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना छन् ।

निषेधित क्षेत्र तोड्न खोजेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालले १२ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा मानवअधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?