Comments Add Comment

राष्ट्रपतिबाट वसन्त श्रवण, उपराष्ट्रपति अनुपस्थित

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबार गइ वसन्त श्रवण गरेकी छन् । बिहीबार बिहान ९ बजेर ५ मिनेटको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन् ।

वसन्त श्रवण कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्नि सापकोटा र मन्त्रीहरु वसन्तपुरस्थित नासल चोक पुगेका थिए । हनुमानढोका दरबारका पुरोहित देवराज अर्यालले वसन्त श्रवण गराएका थिए ।

उपराष्ट्रपति नन्दबहादुर पुन भने यस वर्ष वसन्त श्रवणमा अनुपस्थित भए । पूर्वनिर्धारित कार्यक्रमअनुसार उनी बिहीबारै महोत्तरी गएकाले वसन्त श्रवणमा सहभागी हुन नसकेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए ।

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन छ । श्रीमदभागवत पुराणमा उल्लेख भएअनुसार भगवान श्रीकृष्णको खोजीमा रहेका प्रेमिका राधा लगायतका गोपिनीहरुले बसन्त ऋतुको आगमन भएको भन्दै बसन्त रागमा गाएको गीतलाई वसन्त श्रवणको रुपमा सुन्ने/सुनाउने चलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment