+
+

नेकपा बैठक : सचिवालयका कोही पनि नबोल्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १८ गते २०:१५

१८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । १५ वटा समूह र तीन आयोगसहित पाँच निकायले आफ्नो छलफलको निष्कर्ष पेश गरेको छ ।

अब बैठक भोलि आइतबार १ बजे बोलाइएको छ । स्रोतकाअनुसार भोलि नै बैठक सकिनेछ ।

केन्द्रीय कमिटी बैठक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कै वरिपरि घुमेको छ र नेताहरुले सचिवालय सदस्यहरु पनि बोल्नुपर्ने माग गरेका छन् । तर भोलि सचिवालयका केही पनि नबोली बैठक सकिने भएको छ ।

‘यसअघि नै सहमति भएको छ, सचिवालयका कोही पनि बोल्नुहुन्न’ एक नेताले भने ।

उनकाअनुसार भोलि विहान सचिवालयको बैठक बस्नेछ । १ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले उठाएको प्रश्नको उवाफ दिनेछन् ।

बैठकले राजनीतिक र सांगठनिक प्रतिवेदनका साथै विधान संशोधन प्रस्ताव पास गर्नेछ । अरु निर्णय नहुने एक सचिवालय सदस्यले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?