Comments Add Comment

अमेरिका र ओमानविरुद्ध सन्दीपले विकेट लिँदा रंगशालाको खातामा पैसा

१९ माघ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मदानको लागि सहयोगको घोषणा गरेका छन् ।

उनले यही माघ २२ देखि शुरु हुने अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा लिने विकेटबाट रकम दिने घोषणा गरेका छन् ।

सन्दीपले अमेरिका र ओमानविरुद्ध लिने प्रत्येक विकेट वापत ८ हजार ८४८ रुपैयाँ क्रिकेट रंगशालालाई दिने बताएका हुन् ।

उनले नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथाको उचाईलाई सिम्बोल बनाई उक्त रकम दिने जनाएका छन् ।

विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित सिरिज यही मा३ २२ देखि २९ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

नेपालले ओडीआई मान्यता पाएपछि पहिलो पटक घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको हो । यसअघि नेपालले खेलको दुई ओडीआई सिरिजमध्ये एक सिरिज जित्दा अर्को बराबरी भएको थियो ।

नेदरल्याण्ड्सविरुद्धको पहिलो सिरिज १-१ को बराबरी गरेको नेपालले युएईविरुद्धको सिरिज २-१ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment