Comments Add Comment

जीपी कोइराला गोल्ड कपमा महोत्तरी विजयी, रौतहट बाहिरियो

१९ माघ, वीरगञ्ज ।  प्रदेश स्तरीय ‘प्रथम गिरिजा प्रसाद गोल्ड कप नक आउट फुटबल प्रतियोगिता’ मा महोत्तरीले बिजयी शुरूआत गरेको छ ।

प्रतियोगितामा जिल्ला फुटबल संघ महोत्तरीको टोलीले रौतहटलाई ट्राईबेकरमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

त्यसपछि भएको पेनाल्टी सुट आउटमा महोत्तरीले २ गोल गर्दा रौतहटले १ गोल मात्रै गरेको थियो । महोत्तरीका जर्सी नं ९ का खेलाडी कृष्णबहादुर राणा, २ नं जर्सीका रविकुमार रखालले गोल गरेका थिए भने रौतहटका तर्फबाट १२ नं जर्सीका कृष्ण लामाले सान्त्वना गोल फर्काए । पेनाल्टी सुट आउटमा सहभागी अन्य खेलाडीले गोल गर्न सकेनन् ।

महोत्तरीका गोल रक्षक अनिल थापालाई म्यान अफ दी म्याच घोषित गरिएको फिफाका रेफ्रि इन्स्टक्टर एव प्रतियोगिताका रेफ्रि एसेसर गजेन्द्रमान सिंहले जानकारी दिए

गिरिजाप्रसाद फाउन्डेसन वीरगञ्जले आयोजना गरेको प्रतियोगितामा सोमबार सर्लाही र सप्तरीबीच खेल हुँदैछ । प्रतियोगितामा उपाधि विजेतालाई डेढ लाख र उपविजेतालाई ७५ हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोजक जीपी कोइराला फुटबल प्रतियोगिता सञ्चालक समितिका अध्यक्ष मोहम्मद शहावुद्दिनले जानकारी दिए । माघ २५ गते सम्पन्न हुने प्रतियोगितामा प्रदेश २ का ८ जिल्लाका जिल्ला फुटबल संघका ८ टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment