 
																			१७ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक बुधबारदेखि राजधानीमा जारी छ । चालु बैठकले ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ नामका दुई मुख्य गुटहरुलाई तीन कित्तामा बाँडेर ‘सिमेन्टेड’ गरिदिएको छ ।
नेकपाभित्र अब ‘पूर्वमाओवादी’ र ‘पूर्वएमाले’ समूह भन्ने रहेनन् । केन्द्रीय कमिटीको नयाँ समीकरण हेर्दा अब पार्टीभित्र प्रचण्ड समूह, ओली समूह र माधव समूह गरी तीनवटा बलिया गुटहरु संस्थागत बनेका छन् । र, प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्ट देखिएका प्रचण्ड–माधव समूहवीच अघोषित कार्यगत एकता भएपछि ओली समूह ३२ प्रतिशतमा खुम्चिएर अल्पमतमा परेको छ ।
पूर्वएमालेभित्रै मनमुटाव बढेका कारण केन्द्रीय कमिटीमा ओली समूह अल्पमतमा परेको हो । संख्याको हिसाबले प्रचण्ड समूह सबैभन्दा ठूलो देखिएको छ । ओली समूह दोस्रो र माधव नेपाल समूह तेस्रो स्थानमा देखिएका छन् । माधव र प्रचण्ड समूहवीच निकटता बढेका कारण केन्द्रीय कमिटीमा यी दुई समूहले प्रचण्ड बहुमत बनाएका छन् ।
हुन त नेकपाभित्र वामदेव गुट र बादल गुट पनि अस्थित्वमा नआएका होइनन् । तर, अहिले यी पूर्वसमूहहरु माधव नेपाल र प्रचण्डसमूहको उपग्रहका रुपमा फन्को मार्ने अवस्थामा मात्र छन् ।
विशेष गरी स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा अघिल्लो महिना वामदेव निवास भैंसेपाटीमा बसेको माधव–प्रचण्ड गुटको अनौपचारिक भेलापछि नेकपाको समीकरण बदलिएको हो । भैंसेपाटीबाटै शीर्षनेताहरु प्रचण्ड, माधव, झलनाथ र वामदेव एक भएका हुन् । भैंसेपाटी भेलाअघिसम्म प्रचण्ड केपी ओलीसँग नजिक थिए ।
भैंसेपाटीको साँठगाँठपछि सचिवालयका ९ नेताहरुमध्ये केपी ओली पक्षमा तीनजना र प्रचण्ड–माधव पक्षमा ६ जना उभिएका छन् । ४४ सदस्यीय स्थायी कमिटी (अग्नि सापकोटा बाहेक) मा पनि प्रचण्डको पक्षमा १८, माधवसँग १२ र केपी ओलीसँग १४ सदस्य छन् । स्थायी कमिटीमा प्रचण्ड–माधवको मत जोड्दा ३० पुग्छ, जुन अत्यधीक बहुमत हो ।

नेकपाको बैठक चलिरहँदा हामीले केन्द्रीय कमिटीभित्र केपी, प्रचण्ड र माधव नेपालको शक्ति कति छ भनेर आँकलन गर्ने प्रयास गरेका छौं । विभिन्न समूहका नेताहरुलाई भेटेर हामीले को नेता कुन गुटमा छन् भनी पर्गेल्ने प्रयास गर्यौं । र, त्यसैको निश्कर्ष यहाँ प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
केन्द्रीय कमिटीको वास्तविक संख्या कति हो ?
नेकपाको केन्द्रीय समितिमा विधानतः कुल केन्द्रीय सदस्यहरुको संख्या ४४१ हो । यसमा ५ जना पदेन सदस्य र ३ जना आमन्त्रित सदस्यहरु थप्दा केन्द्रीय कमिटीको संख्या ४४९ हुन जान्छ । तर, यसमध्ये रविन्द्र अधिकारी र धनीराम पौडेल दुई नेताको निधन भएको छ । अन्य ६ जना संवैधानिक जिम्मेवारीका कारण पार्टी कमिटीबाट बाहिरिएका छन् । यसर्थ, ४४९ मा ८ घटाउँदा ४४१ हुन आउँछ ।
तर, पछिल्लो समय पूर्वमाओवादीबाट आएका चारजना र पूर्वएमालेबाट शिवमाया तुम्बाहाङफेसहित पाँचजना केन्द्रीय सदस्य थपिएका छन् । नेकपा महासचिव विष्णु पौडेलका अनुसार पार्टीको यो दोस्रो बैठकमा सहभागिता जनाउने सदस्यहरुको कुल संख्या (पदेन र आमन्त्रित समेत) ४४६ जना रहेको छ ।
धर्मनाथ यादव र तिलक परियार प्रदेश प्रमुख भएकाले बैठकमा भाग लिँँदैनन् । बंशीधर मिश्र राजदूत भएका छन् । केन्द्रीय सदस्य समिम मिया अन्सारी मुस्लिम आयोगको प्रमुख बनेका छन् भने विष्णुप्रसाद चौधरी थारु आयोगमा गएका छन् । अग्निप्रसाद सापकोटा सभामुख बनेकाले पार्टीको बैठकमा सहभागी छैनन् ।
गत भदौ ९ गतेको बैठकले पूर्वमाओवादीका पदम राई, किरण राई, देवेन्द्र पराजुली र कल्पना धमलालाई केन्द्रीय समितिमा मनोनित गरेको थियो । अध्यक्ष ओलीले थप ४ जनाको नाम प्रस्ताव गरेका थिए । तर माधव नेपालको असहमतिका कारण पूर्वएमालेबाट प्रस्तावित नाम केन्द्रीय कमिटीमा परेनन् । मंगलबारको सचिवालयले बैठकले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय कमिटीमा ल्याएको छ ।

बैठकमा भाग लिन पाउने आमन्त्रित केन्द्रीय सदस्यहरुमा पेशल खतिवडा, टंक राई र निर्मला देवकोटा छन् भने पदेन सदस्यहरुमा अमृत बोहोरा, केशब बडाल, पुष्प कँडेल, विष्णुपुकार श्रेष्ठ र नन्दकुमार प्रसाईं छन् ।
पूर्वसभामुख कृष्णबहादुर महराले सभामुख हुँदाखेरि तत्कालीन माओवादीको केन्द्रीय कमिटीबाट राजीनामा दिएका थिए । उनी पार्टीमा पुनस्र्थापित नहुँदै जेल परेका छन् ।
केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफलका लागि १५ वटा समूह विभाजन गरिएको छ । १४ वटा समूहमा २९/२९ जनालाई राखिएको छ भने एउटा समूहमा ३१ जना सदस्यहरुलाई राखिएको छ । यस आधारमा केन्द्रीय सदस्यहरुको यकिन संख्या ४३७ हुन आउँछ । र, यसमा सचिवालयका ९ जना शीर्षनेताहरुलाई जोड्ने हो भने ४४६ पुग्छ ।
प्रचण्ड, ओली र माधव गुटमा कतिजना नेताहरु छन् भनेर गरिएको अध्ययनमा हामीले सचिवालयका नेताहरुलाई समावेश नगरी ४३७ संख्यालाई आधार मानेका छौं ।
प्रचण्ड पहिलो, ओली दोस्रो, माधव तेस्रो
केन्द्रीय कमिटीमा नेकपाका प्रमुख तीन गुटहरुमध्ये प्रचण्ड समूह सबैभन्दा बलियो देखिएको छ । पूर्वमाओवादी समूहलाई प्रचण्ड समूह मानेर विश्लेषण गर्दा यस समूहमा १८३ जना छन् । यो भनेको कुल केन्द्रीय सदस्य संख्याको लगभग ४२ प्रतिशत हो ।

त्यसैगरी केपी ओली समूहको संख्या केन्द्रीय समितिमा १४० देखिएको छ । यो संख्या कुल केन्द्रीय सदस्यमध्ये ३२ प्रतिशत हो ।
केन्द्रीय कमिटीमा माधव नेपाल समूहको उपस्थित २६ प्रतिशत अर्थात ११४ जना रहेको छ । गुटगत हिसाबले माधव समूह तेस्रो स्थानमा छ । पछिल्लो समय उसले आफ्नो स्थिति बलियो बनाउँदै लगेको छ । ओलीतिर नजिक बनेका मुकुन्द न्यौपानेहरु माधव पक्षका भेलाहरुमा सहभागी हुन थालेका छन् । त्यसैगरी वामदेव समूहमा रहेका केही नेताहरु स्वयं वामदेवसँगै रुष्ट हुँदाहुँदै पनि माधव नेपालतिर ढल्किएका छन् ।
केन्द्रीय कमिटीमा माधव नेपाल र प्रचण्ड समूह आपसमा मिल्दाखेरि ५८ प्रतिशत पुग्छ । कुल ४३७ केन्द्रीय सदस्य मध्ये प्रचण्ड समूह र माधव नेपाल समूहलाई जोड्दा २९७ पुग्छ । जबकि ओलीको पक्षमा १४० मात्र छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा एमसीसी, यती प्रकरण, सरकारको मूल्यांकन लगायतका मुद्दामा प्रचण्ड समूह र माधन नेपाल समूहका नेताहरु एकमुख देखिएका छन् । भलै केन्द्रीय कमिटीमा एमसीसी आदिबारे भोटिङ नहुने भएकाले अल्पमतमै परे पनि केही फरक नगर्ने भन्दै ओली पक्षका नेताहरु ढुक्क देखिएका छन् ।
पार्टी एकतादेखि नै नेकपामाभित्र त्रिकोणात्मक अन्तरसंघर्ष चल्दै आइरहेको थियो । कहिले प्रचण्ड र ओली समूह मिलेर माधव नेपाल समूहलाई कर्नरमा पार्ने त कहिले पूर्वएमाले समूहहरु मिलेर पूर्वमाओवादीलाई अल्पमतमा पार्ने प्रयत्नहरु हुँदै आइरहेका थिए । तर, पछिल्लो समय माधव नेपाल समूह र प्रचण्ड समूह मिलेर ओली पक्षलाई अल्पमतमा पारिएको देखिन्छ ।
बैठकमा छलफलका लागि विभाजित १५ वटै समूहमा प्रचण्ड र माधव पक्षका नेताहरु आपसमा मिलेपछि ओली समूहका नेताहरु प्रतिरक्षात्मक बनेका छन् ।

१५ समूहको अंगणित
पहिलो समूहमा प्रचण्ड पक्षका १५, ओली पक्षका ११ र माधव पक्षका ३ नेता थिए । पहिलो समूहमा टोली नेताहरु प्रचण्ड र ओली दुबै गुटबाट छानिएका थिए ।
दोस्रो समूह : प्रचण्ड–१५, ओली–१०, माधव– ४ (टोली नेता– प्रचण्ड समूह )
तेस्रो समूह : प्रचण्ड– ८, ओली–१६, माधव–५ (टोली नेता– ओली समूह )
चौथो समूह : प्रचण्ड–१५, ओली–५, माधव– ९ (टोली नेता– माधव समूह )
पाँचौं समूह : प्रचण्ड– १७, ओली–३, माधव–९ (टोली नेता– माधव समूह )
छैठौं समूह : प्रचण्ड– १४, ओली–११, माधव–४ (टोली नेता– प्रचण्ड समूह )
सातौं समूह : प्रचण्ड– १४, ओली–७, माधव–८ (टोली नेता– प्रचण्ड समूह )
आठौं समूह : प्रचण्ड– ८, ओली–११, माधव–१० (टोली नेता– ओली समूह )
नवौं समूह : प्रचण्ड– १०, ओली–१३, माधव–६ (टोली नेता– ओली समूह )
दशौं समूह : प्रचण्ड– १०, ओली–११, माधव–८
एघारौं समूह : प्रचण्ड– ९, ओली–७, माधव–१३ (टोली नेता– माधव समूह )
बाह्रौं समूह : प्रचण्ड– १२, ओली–९, माधव–८ (टोली नेता– प्रचण्ड समूह )
तेह्रौं समूह : प्रचण्ड– ७, ओली–९, माधव–१३ (टोली नेता– प्रचण्ड समूह )
चौधौं समूह : प्रचण्ड– १२, ओली–७, माधव–१० (टोली नेता– प्रचण्ड समूह )
पन्ध्रौं समूह : प्रचण्ड– १७, ओली–१०, माधव–४ (टोली नेता– प्रचण्ड समूह )
अब नेकपाका कुल ४३७ केन्द्रीय सदस्यहरुमध्ये कोको कुन–कुन समूहतर्फ निकट छन् भन्ने विवरण हेरौं–
प्रचण्ड समूहका केन्द्रीय सदस्यको नामावली
गणेश शाह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बर्षमान पुन, मणिचन्द्र थापा, मात्रिकाप्रसाद यादव, लीलामणि पोखरेल, लेखराज भट्ट, शक्ति बस्नेत, हरिबोल गजुरेल, अमिक शेरचन, पेशलकुमार खतिवडा, अजयशंकर नायक, ओनसरी घर्ती, बालकृष्ण गैरे (किसान शर्मा), कुलप्रसाद केसी, कृष्णप्रसाद सापकोटा, खिमलाल देवकोटा, गिरीधारीलाल न्यौपाने, गोपाल ठाकुर, चूडामणि खड्का, जयपुरी घर्ती, जीवन गौतम, ज्वालाकुमारी साह, टेकबहादुर बस्नेत, डिलाराम आचार्य, तारामान स्वाँर, तेजबहादुर वली, दलजित विक श्रीपाइली, दिनेश पन्थी, दिलिप महर्जन, दीपबहादुर योन्जन, धर्मशीला चापागार्इं, नरबहादुर विष्ट, नरेश भण्डारी, एकचन्द्र बराल (निर्मल), नेपबहादुर थारु चौधरी, परशुराम रम्तेल, पासाङ शेर्पा, अञ्जना बिसंखे, अशोककुमार मण्डल, ओमनाथ ढुंगाना (ओम शर्मा), कमानसिंह लामा, कालीबहादुर मल्ल, कृष्ण केसी, खगराज भट्ट, जगप्रसाद शर्मा, झक्कुप्रसाद सुवेदी, टेकबहादुर बलम्पाकी, डोरप्रसाद उपाध्याय, दीपेन्द्रकुमार पुन मगर, धीरेन्द्र शर्मा, नारायणप्रसाद पौडेल, अमरबहादुर गुरुङ तमु, ईन्द्रबहादुर आङ्बो, कुमारप्रसाद पौडेल, केशव नेपाल, गणेशमान पुन, गंगा कार्की, जोखबहादुर महरा, झकबहादुर मल्ल, डाचाराज वाग्ले, दामाकुमारी शर्मा, दीनानाथ शर्मा, दुर्गा जयन्ती राई, नरेन्द्रबहादुर कुँवर, नारायणी शर्मा, परशुराम तामाङ, पूर्णकुमारी सुवेदी, अजम्बर राई काङमाङ, अमृता थापा, अच्युतम प्रसाद काफ्ले, आशा कोइराला, ईन्द्रजीत थारु, उर्मिला अर्याल, कमलप्रसाद चौलागाई, कमला रोका, कुमारी मोक्तान, कृष्ण धिताल, कृष्णध्वज खड्का, गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेलबासे, गुप्तबहादुर ठकुरी, जोगकुमार बर्बरिया यादव, टंक आङ्बोहाङ लिम्बु, ताराकुमारी घर्ती, तिलकराम शर्मा, तुलराम घर्ती मगर, दधिराम न्यौपाने, दावा तामाङ, दिलिप कुमार प्रजापति, दुर्गाप्रसाद चापागाई, देवी खड्का, देवराज रेग्मी, नवीन रोका, नारायणप्रसाद दाहाल, निर्मल आचार्य, पार्वती थापा, पुष्पविक्रम मल्ल, प्रभु साह, विन्दमान विष्ट, विमला सुवेदी, वीरमान चौधरी, माधव सापकोटा, मायाप्रसाद शर्मा, युवराज चौलागाई, राजकुमार शर्मा, राजु खड्का, शिवबहादुर बस्नेत (राजेन्द्र), रामकुमार राई, रामचन्द्र झा, रामकुमारी चौधरी, रेणु चन्द, बसन्तकुमार शर्मा, विजय भण्डारी, सत्या पहाडी, समिता कार्की, सीता पोखरेल, सुनीलकुमार मानन्धर, शालिकराम जम्कट्टेल, प्रकाशहरि पोख्रेल, प्रल्हादकुमार बुढाथोकी, बलावती शर्मा, बोधमाया कुमारी यादव, महेन्द्र पासवान, मुक्तिनारायण प्रधान, युवराज दुलाल, लेखनाथ दाहाल राजन, राजेन्द्र कार्की, रामेश्वर राय यादव, रेणु दाहाल, लीलबहादुर थापामगर, बामदेव क्षेत्री, विश्वनाथ शाह, सावित्री कुमार काफ्ले, सुदन राई किराती, सुरेशकुमार आलेमगर, शदरसिंह भण्डारी, विना मगर, महेश्वरजंग गहतराज, युवराज भटट्राई, रामदीप आचार्य, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, विष्णुप्रसाद चौधरी, सन्तकुमार थारु, सुरेशकुमार राई, सूर्यप्रकाश सुवेदी, शशी श्रेष्ठ, विषमलाल अधिकारी, गजेन्द्रबहादुर महत, भरतप्रसाद शाह, मनोजजंग थापा, महेन्द्रबहादुर शाही, महेश्वर दाहाल, यसोदा गुरुङ सुवेदी, राजकाजी गुरुङ, रामप्रसाद सापकोटा, रेखा शर्मा, लेखनाथ न्यौपाने, सन्तकुमार दराई, सुकबहादुर रोका, सुरेन्द्र कुमार कार्की, शिव कुमार मण्डल, हकिकुल्लाह मुसलमान, हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, हरि दाहाल, हरिबहादुर चुमान, हिमाल शर्मा, हितमान शाक्य, हेमकुमार राई, त्रिलोचन भटट्, शुशिला सिर्पाली ठकुरी, श्यामकुमार श्रेष्ठ, श्रीराम ढकाल, हरिराज अधिकारी, हितबहादुर तामाङ, हेमराज भण्डारी, टंक राई, पदम राई, किरण राई, देवेन्द्र पराजुली, कल्पना धमला ।
ओली समूहका केन्द्रीय सदस्यको नामावली
किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, रघुवीर महासेठ, सत्यनारायण मण्डल, सुवासचन्द्र नेम्बाङ, शंकर पोख्ररेल, केशवप्रसाद वडाल, पुष्षराज कँडेल, अईन्द्रसुन्दर नेम्वाङ, ईश्वरबहादुर रिजाल, एकबहादुर राना मगर, कैलाशप्रसाद ढुङ्गेल, खगराज अधिकारी, गोकुलप्रसाद घर्ती, देवीलाल चौधरी, नारायणबहादुर सिलवाल, अच्युतप्रसाद मैनाली, ईश्वरीप्रसाद भटट्राई, एकराज विश्वकर्मा, किशोरकुमार अधिकारी, केदारनाथ न्यौपाने, कृष्णबहादुर राई, खिमलाल भटट्राई, गुरुप्रसाद बराल, गोकुलप्रसाद बास्कोटा, गोरखबहादुर बोगटी, गौरीकुमारी ओली, गंगाप्रसाद यादव, जया घिमिरे, तिलबहादुर विश्वकर्मा, तैयव हुसेन मिया, दलबहादुर राना, दिनेशचन्द्र यादव, देवराज घिमिरे, देवीप्रसाद ज्ञवाली, नरुलाल चौधरी, पदमा अर्याल, पुरनसिंह दयाल, आनन्दप्रसाद पोख्ररेल, उमादेवी कोइराला, कर्णबहादुर थापा, कमलादेवी महतो, काशीराम अधिकारी, कृष्णगोपाल श्रेष्ठ, खेमप्रसाद लोहनी, गोविन्दबहादुर नेपाली, गोमा देवकोटा, जगतबहादुर सुनार, जगदीशप्रसाद कुसियत, तिलबहादुर महत क्षत्री, थममाया थापा, देवेन्द्र दाहाल, धर्मनाथ शाह, नजीर मियाँ, नारदमुनी राना, निरादेवी जैरु, पार्वत गुरुङ, खगेन्द्र राई, खेममान खड्का, जुलीकुमारी महतो, दीपकप्रसाद देवकोटा, निरुदेवी पाल, भानुभक्त ढकाल, भीमबहादुर कार्की, महादेव यादव, महेश बस्नेत, मोहमद हारुन हलुवाई, रामप्रित पासवान, रामेश्वर राना मगर, लीलानाथ श्रेष्ठ, सुजिता शाक्य, विक्रमबहादुर शाही, विनाकुमारी श्रेष्ठ, बैजनाथ चौधरी, भानुभक्त जोशी, भुपेन्द्रबहादुर थापा, मनकुमारी जीसी, मञ्जु कुमारी चौधरी, मानबहादुर जीसी, यामलाल कँडेल, रामकुमार शर्मा, रामरतीदेवी राम, विजय सुब्बा, सूर्यबहादुर थापा क्षत्री, शान्ता चौधरी, प्रेमबहादुर आले, बद्रीप्रसाद न्यौपाने, बिन्दा पाण्डे, विनोद श्रेष्ठ, विमला घिमिरे, भैरबसुन्दर श्रेष्ठ, माधव ढुङगेल, मायानाथ अधिकारी, मोहमद महफुज अन्सारी, युवराज खतिवडा, योगनारायण यादव, राजेन्द्रप्रसाद गौतम, राधाकुमारी ज्ञवाली, रामेश्वर फुयाल, लक्ष्मीप्रसाद पोख्ररेल, लीला गिरी, सराज अहमद फारुकी, शेरधन राई, हरिनारायण महतो, हरिबहादुर राजबंशी, हिक्मतकुमार कार्की, हंशबहादुर शाही, सुशीला सिंखडा, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल
माधव समूहका केन्द्रीय सदस्यको नामावली
अष्टलक्ष्मी शाक्य, गोर्कण विष्ट, घनश्याम भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आर्चाय, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, योगेश भटराई, रघुजी पन्त, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहोरा, अरुणप्रसाद नेपाल, कमलजङग राई, कल्याणीकुमारी खड्का, कृष्णप्रसाद शर्मा खनाल, गौरा प्रसाईं कोइराला, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, ठाकुरप्रसाद गैरे, तिलकुमार मेन्याङ्बो लिम्बु, देउमान सम्बाहाम्फे, गणेशकुमार पहाडी, चूडामणि जंगली, जीवनाथ घिमिरे, खगेन्द्र चुडाल, दिलकुमारी पन्त, नागेन्द्रप्रसाद चौधरी, निरजप्रसाद आर्चाय, पशुपति चौलागाई, घनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठ, टंकप्रसाद कार्की, तुलबहादुर गुरुङ, दिनेशकुमार राई, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, गोविन्दविक्रम शाह, चन्द्रबहादुर शाही, जयन्तीदेवी राई, झपटबहादुर रावल, देवशंकर पौडेल, धर्मराज निरौला, नरेश खरेल, परशुराम मेघी गुरुङ, प्रकाश ज्वाला, प्रेमलकुमार खनाल, बलदेव चौधरी, बसन्तप्रसाद मानन्धर, मदनकुमारी साह गरिमा, महेश्वर पाठक, यज्ञराज सुनवार, रचना खड्का, रविन्द्र अधिकारी (नवलपरासी), लक्ष्मण पौडेल, लालबाबु पण्डित, विश्वनाथ प्याकुरेल, सुरेन्द्र मानन्धर, सोम मिश्र, प्रमेशकुमार हमाल, विरोध खतिवडा, महेश रेग्मी, मेटमणि चौधरी, रत्नेश्वर गोईत यादव, रविन्द्र बैठा धोवी, राजेन्द्रप्रसाद पाण्डे, रामचन्द्र यादव, रामकुमारी झाँक्री, लक्ष्मणराज ज्ञवाली, लालबाबु प्रसाद यादव, सरला कुमारी यादव, प्रमोदनारायण यादव, बलवीरप्रसाद चौधरी, भागवत नेपाली, ममता गिरी, माधवप्रसाद अर्याल, यदुवंश झा, रविन कोइराला, राजबहादुर बुढा, राजेन्द्रकुमार राई, रामचन्द्र शाह तेली, लालबहादुर विक, सावित्राकुमारी भुसाल, शारदा सुवेदी, प्रतापलाल श्रेष्ठ, बलराम बास्कोटा, भाष्कर काफ्ले, राजन राई, रामकुमार ज्ञवाली, रामदयाल मण्डल, लालबहादुर थापा, विजयकुमार पौडेल, विष्णु रिजाल, सरोजकुमार यादव, सीता गिरी ओली, सुधीर शाह, सोमप्रसाद पाण्डे, शत्रुध्न महतो, श्रीनाथ बराल, सुशीला नेपाल, शेरबहादुर केसी, श्रीमाया थकाली, शेरबहादुर तामाङ, हरिप्रसाद पराजुली, हरिबहादुर राई ।
(नोट– नेताहरुको यो समूहगत विभाजन विभिन्न पक्षका केन्द्रीय नेताहरुसँग बसेर टिपोट गरिएको हो । यसमा दुई–चार संख्या तलमाथि पर्न सक्ने सम्भावना रहेता पनि करिब ९९ प्रतिशत मिल्ने विश्वास गरिएको छ । –सं )
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4