+
+
Shares

नेकपाले भन्यो– माओवादी केन्द्रसँग तत्काल एकता असम्भव

पहिले एकताको आधार र उद्देश्य स्पष्ट पार्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १२:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको ठहर गरेको छ।
  • नेकपाले आफ्नै नेतृत्वमा माओवादी धार समेटेर नेतृत्व गर्ने पहलकदमी लिने निर्णय गरेको छ।
  • नेकपाले ३० साउनमा सातवटै प्रदेशमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने र भदौमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको छ।

२० साउन, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको ठहर गरेको छ । बरु आफ्नै नेतृत्वमा माओवादी धारलाई समेटेर नेतृत्व गर्न पहलकदमी लिने निर्णय नेकपाले गरेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रको स्थायी समितिको सोमबार सम्पन्न बैठकले विप्लव नेतृत्वको नेकपासँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

सोमबार साँझ नै नेकपाको स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नभएको भन्दै एकताको कारण र आधार पहिले स्पष्ट पार्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैठकको निर्णयबारे जानकारी दिंदै प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले भने, ‘माओवादी धार, क्रान्तिकारी कम्युनिष्टहरु र समूहसँग एकता र ध्रुवीकरणको हाम्रो नीति त छँदैछ, तर नेकपा माओवादी केन्द्रसँग अहिले एकताको सम्भावना टरेको छ । किनभने उसले त्यसको कारण र आधार पहिले स्पष्ट पार्नुपर्छ ।’

देश इतिहासकै सबैभन्दा अप्ठ्यारो स्थितिमा रहेको भन्दै नेकपाले त्यसको समाधानका लागि नेकपाले पहलकदमी लिने र समाजवादी गणतन्त्रमा अघि बढ्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

३० साउनमा एमसीसीविरुद्ध प्रदर्शन, भदौमा केन्द्रीय समिति बैठक

बैठकले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भदौमा केन्द्रीय समिति बैठक बस्ने र ३० साउनमा सातवटै प्रदेशमा प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

एमसीसी राष्ट्रहित अनुकूल नभएको भन्दै नेकपाले काठमाडौं उपत्यकासहित सातवटै प्रदेशका मुख्य शहरमा प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता विश्वकर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?