
२४ भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जेनजीको जारी आन्दोलनलाई साथ दिने निर्णय गरेको छ । नेकपा महासचिव विप्लव आफैं जेनजी आन्दोलनमा सहभागी हुने सो पार्टीले जनाएको छ ।
नेकपाले भदौ २३ गतेदेखि २७ गतेसम्म राखेको केन्द्रीय समिति बैठक स्थगित गरी जेनजी आन्दोलनमा सहभागी हुने निर्णय गरेको सो पार्टीका पोलिटव्युरो सदस्य असल सीले जानकारी दिए ।
वर्तमान संसदीय पार्टीको सत्ता अन्त्यका लागि जेनजी आन्दोलनमा साथ दिने पार्टीले निर्णय गरेको उनले बताए ।
नेकपाले वर्तमान सत्ताको प्रक्रियाभन्दा बाहिरबाट शक्तिशाली भ्रष्टाचार छानबिन नागरिक आयोग गठन गर्ने र भ्रष्टाचार नेता, कर्मचारीलाई सर्वस्वसहित जन्मकैद हुनुपर्ने, सबै राजनीतिक नियुक्ति खारेज हुनुपर्ने लगायतका निर्णय गरेको छ ।
महासचिव विप्लवले आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई पनि आन्दोलनलाई साथ दिन निर्देशन दिएका छन् ।
नेकपाले भ्रष्टाचार, सुशासन र अग्रगमनका लागि आन्दोलन गर्दै आएको छ ।
प्रतिक्रिया 4