Comments Add Comment

जबरजस्ती करणी कसूरमा एसएसपीलाई पक्राउ गर्ने तयारी

राणा भन्छन् : आरोपमा सत्यता छैन

१७ माघ, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ ।

संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो ।

अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

बिहीबार ढिला गरी जाहेरी परेकाले शुक्रबार मात्र स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय, सुनसरीका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘जाहेरी दर्ता भइसकेको छ । अब अदालतबाट पक्राउ गर्न अनुमति माग्ने तयारी भइरहेको छ ।’

उजुरी परेलगत्तै गृह मन्त्रालयले पनि उनलाई निम्लबन गरिसकेको छ ।

यो पनि पढ्नुहोस यौन दुर्व्यवहार आरोपमा एसएसपी राणा निलम्बित

आरोपमा सत्यता नभएको दाबी

प्रहरी अधिकृतहरुका अनुसार राणा २०६९ सालमा प्रहरी उपरीक्षक (एसपी) भएर सुनसरी बस्दा ती महिलासँग चिनजान भएको थियो । त्यसपछि क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयमा पनि उनी बसेका थिए ।

सुनसरी बसाइका क्रममा पीडित भनिएकी अन्दाजी ३७/३८ वर्षीया महिलासँग राणाको घनिष्ठ सम्बन्ध बनेको अधिकृतहरु बताउँछन् ।

तर, हाल निलम्बित एसएसपी राणाले आरोपमा सत्यता नभएको दाबी गरेका छन् । अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘यो विषयलाई लिएर मलाई धेरै समयदेखि दुःख दिने काम भइरहेको छ ।’

उनले आफूमाथि लागेको आरोपबारे अन्य कुरा बताएनन् । भने, ‘केही दिनमै म यसबारे बोल्छु ।’

किटानी जोहरी परिसकेको विषयबारे जिज्ञासा राख्दा उनी ‘उजुरी’ मात्र परेको भन्दै पन्छिए ।

गत कात्तिकमा धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह मन्त्रालय पुगेकी थिइन् । जिल्लामा प्रहरीले एसएसपीविरुद्ध उजुरी लिन नमानेपछि काठमाडौं आउनु परेको उनको भनाइ थियो ।

उनले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पीडित बनेको दाबी गरेकी थिइन् ।

तर, गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरे पनि राणामाथि कारबाही भएको थिएन ।

सुनसरीमा किटानी जाहेरी परेपछि भने प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment