+

मड्रिड डर्बीमा रियल विजयी, बेन्जिमाको गोल निर्णायक

२०७६ माघ  १९ गते ८:२८ २०७६ माघ १९ गते ८:२८
मड्रिड डर्बीमा रियल विजयी, बेन्जिमाको गोल निर्णायक

१९ माघ, काठमाडौं । स्पानिस ला लिगाअन्तर्गत शनिवार भएको मड्रिड डर्बी भिडन्तमा रियलले एट्लेटिकोलाई पराजित गर्दै बार्सिलोनासँग अंक दूरी बढाएको छ । करिम बेन्जिमाले गरेको एकमात्र गोल मद्दतमा रियलले एट्लेटिकोलाई १-० ले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा गोल गरेको हो । बेन्जिमाले ५६औ मिनेटमा फरलान्ड मेन्डीको पासमा गोल गरेका थिए । त्यही गोल निर्णायक बन्दा रियलले ३ अंक जोडेको हो ।

जितपछि रियलले चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनमाथि ६ अंकको स्पष्ट अग्रता बनाएको छ । २२ खेलबाट ४९ अंकसहित रियल शीर्ष स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना ४३ अंकसहित दोस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय