Comments Add Comment

वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गर्ने तयारी

१८ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।

बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारको तयारी छ ।

यसका लागि दूताबासको फारम भरेर दूतबासमा इमेल गर्न समेत आग्रह गरिएको छ । यस्तो फरम २ फेब्रअरी ९ को ९ बजेसम्म दूताबासलाई [email protected] मा इमेल गरिसक्नुपर्नेछ ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित वुहानमा एक सयभन्दा बढी नेपाली भएको बताइएको छ ।

पछिल्लो समय अरु देशले पनि वुहानमा रहेका आफ्ना नागरिकको उद्दार गरेको छ । त्यहाँ रहेका नेपालीहरूले पनि सरकारसँग सहयोग मागेपछि काठमाडौंस्थित चिनियाँ दूताबासले नेपालीहरुको जीवन रक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गरिएको भन्दै आश्वस्त रहन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment