काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र क्लबले सशस्त्र प्रहरीको एपीएफलाई हराएको छ र, शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा मछिन्द्रले एपीएफलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा खेलको पहिलो हाफमा एक गोलले पछि परेको मछिन्द्रले दोस्रो हाफमा पुनरागमन गरेको थियो ।
एपीएफले ४३औं मिनेटमा रमेश डंगोलको गोलबाट अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुमा नै विशाल राईले मछिन्द्रलाई बराबरी गोल गरे । खेलको ७९औं मिनेटमा मछिन्द्रले पेनाल्टी पायो, जसमा रंजित धिमालले गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण तीन अंक दिलायो ।
जितपछि मछिन्द्र १० खेलबाट २२ अंकका साथ लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
दोस्रो स्थानमा झरेको त्रिभुवन आर्मीको १९ अंक छ र उसले एक खेल कम खेलेको छ । एपीएफ भने १० खेलबाट ५ अंकसहित १३औं स्थानमा छ ।
प्रतिक्रिया 4