Comments Add Comment

राष्ट्रिय प्रसारणलाइनमा थपियो ६.६ मेगावाट विजुली

१८ माघ, काठमाडौं । निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला-बी जलविद्युत आयोजनाले शनिबारदेखि विद्युत उत्पादन सुरु गरेको छ ।

दशमलब ६ मेगावाट क्षमताको आयोजनाको विद्युतगृह लमजुङको क्वहोलाछार गाउँपालिका-५ सिन्दीमा छ । सो आयोजना बिन्दवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको हो ।

आयोजनाबाट उत्पादित बिजुली मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । १५ दिनसम्म परीक्षण प्रसारणका रुपमा विद्युत उत्पादन हुनेछ । सो अवधिभर सरकारले बिजुलीको रकम तिर्नुपर्दैन ।

परीक्षण प्रसारणको अवधि सकिएपछि व्यवसायिक उत्पादन सुरु हुने बिन्दवासिनी हाइड्रो पावर कम्पनीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीका सचिव जनार्दन अर्यालले बताए ।

बिन्दवासिनीले निर्माण गरेको ८.८ मेगावाटको रुदीखोला-ए जलविद्युत आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ । ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत आयोजनामा पनि बिन्दवासिनी समूहले लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment