Comments Add Comment

अनुहारमा कसरी ल्याउने प्राकृतिक चमक ?

मेकअप गर्दैमा अनुहारको चमक आउने होइन । मेकअपले त केवल अनुहारको दाग, चाउरीपन आदि ढाकछोप गर्ने हो । अर्थात मेकअप भनेको अस्थायी विधी हो, अनुहारलाई आकर्षक देखाउने ।

यद्यपि अनुहारलाई मेकअप बिना नै कसरी चम्किलो, मुलायम र ताजा देखाउने ? यसका लागि प्राकृतिक विधी अपनाउनुपर्छ ।

अनुहारमा चमक ल्याउनका लागि सम्पूर्ण शरीर नै तन्दुरुस्त हुनुपर्छ । पाचन यन्त्र चुस्त हुनुपर्छ । शारीरिक रुपमा सक्रिय, तन्दुरुस्त एवं स्वस्थ्य व्यक्तिको अनुहारमा चमक हुन्छ । त्यसैले अनुहारको लिपपोत गर्नुभन्दा शारीरिक स्वास्थ्यमा ख्याल गर्नु सर्वोत्तम हुन्छ ।

यसका लागि पहिलो सर्त हो अनुशासित दिनचर्या । अर्थात सुत्ने, उठ्ने, खाने, शौच गर्ने नियमित तालिका । पोषिलो आहार । सक्रिय दिनचर्या । सकारात्मक सोंच चिन्तन ।

ताजा फलफूल, सागसब्जी, जुस आदिको सेवन गर्नुपर्छ । तारेको, भुटेको खानेकुराले स्वास्थ्य खराब गर्छ । स्वास्थ्य खराब भए अनुहारमा चकम आउँदैन । यसैगरी व्यायाम, योग एवं ध्यान जस्ता विधीले पनि अनुहारको सौन्दर्यमा प्रभाव पार्छ ।

यसबाहेक पनि अनुहारको सरसफाईमा ध्यान दिनुपर्छ ।

अनुहार दिनमा दुई पटकभन्दा धेरै धुनु त्यती लाभदायक छैन । किनभने त्यसरी पटक-पटक अनुहार सफा गर्दा छाला रुखो र संवेदनसिल हुन्छ ।

अनुहारको मृत कोशिका निकाल्नुहोस् । यो विधी हप्तामा एक पटक मात्र अपनाउनुपर्छ । अनुहार रगड्नाले मृत कोशिका निस्कन्छ र ताजगी आउँछ । यस्तो फेसवास छनौट गर्नुहोस्, जसमा छालाको मृत कोशिका हटाउने तत्व हुन्छ ।

धेरैको बानी हुन्छ, हातले अनुहार छोइरहने । यसले छालाको गुणवत्तामा धेरै असर गर्छ । हातको माध्यामबाट अनुहारमा ब्याक्टेरिया फैलन्छ ।

अनुहारमा हात लाने, घाउ कोट्याउने जस्ता बानीमा नियन्त्रण गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment