Comments Add Comment

सूचना प्रविधि मेलामा साढे ३ करोडको कारोबार

२१ माघ, बुटवल । बुटवलमा माघ १७ देखि सुरु भएको ५ दिने सूचना प्रविधि मेला (क्यान इन्फोटेक ) समापन भएको छ । मंगलबार एक समारोहका बीचमा मेलाको समापन गरिएको हो ।

मेलामा साढे ३ करोडको कारोबार भएको र १ लाख २० हजार दर्शकले अवलोकन गरेको आयोजक क्यान रुपन्देहीको दाबी छ ।

मेलामा आयोजना गरिएको ओभरनाइट ह्याकाथुन प्रतियोगिताको उपाधि एफ–शोसाईटीले प्राप्त गरेको छ । हार्ड कोरिङ् मार्फत सफ्टवेयर/एप्लिकेशन बनाउने २४ घण्टे प्रतियोगितामा एफ–सोसाइटीका तर्फबाट प्रवेश पुडासिनी, स्वेता महर्जन, विपिन भण्डारी र आबृत्ति श्रेष्ठ चार जना सहभागी थिए । प्रतियोगितामा प्रथम भएको एफ–सोसाइटीलाई ५० हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको छ ।

क्यान रुपन्देहीले आयोजना गरेको सूचना प्रविधि मेला (क्यान इन्फोटेक)मा सञ्चालन गरिएको प्रतियोगितामा एनसी (नेपथ्य कलेज)पिटिपी द्वितीय भएको छ । प्रतियोगितामा द्वितीय भएको उक्त टिमलाई २० हजार नगदसहित प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितामा आरबिसी लेक तृतीय भएको छ । प्रतियोगितामा तृतीय टिमलाई १० हजार रुपैयाँ नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

उनीहरुलाई क्यान इन्फोटेकको समापनको अवसरमा आयोजना गरिएको कार्यक्रममा क्यान महासंघ रुपन्देहीका अध्यक्ष रामुदेव गौतम र सूचना तथा प्रविधि प्रतिष्ठान प्रदेश पाँचका प्रमुख अनुप बास्कोटाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment