Comments Add Comment

गुल्मीमा स्वास्थ्य बिमा कार्यक्रम सुरु

२३ माघ, गुल्मी । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बिमा कार्यक्रम बिहीबारबाट गुल्मीमा सुरु भएको छ ।

जिल्ला सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

स्वास्थ्य बिमा कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री ज्ञवालीले गरिबी, अशिक्षा, न्यून चेतना, स्वास्थ्यमा सहज पहुँचको अभाव, बदलिंदो जीवन शैलीका कारण स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरु थपिँदै गएको बताए ।

स्वास्थ्य बिमा सदस्यता दर्ता कार्यक्रममा सहभागी हुने ५ जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार ३ हजार ५ सय तथा परिवारमा ५ जनाभन्दा बढी सदस्य भए प्रति सदस्यको रु ७ सयका दरले रकम तिर्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment