Comments Add Comment

गर्भमा हुर्किरहेको बच्चामा कुनै गडबडी त छैन ?

गर्भको बच्चा त्यसैपनि संवेदनसिल हुन्छन् । बच्चाको प्रतिरक्षा प्रणाली एकदम कमजोर हुन्छ । त्यही कारण उनीहरुको स्वास्थ्यमा सानोतिनो कुराको पनि असर पर्छ । हरेक आमा जान्न चाहन्छन्, मेरो गर्भमा हुर्किरहेको बच्चा कस्तो होला रु

यहि जिज्ञासा शान्त पार्नका लागि निम्न लक्षणबारे ख्याल राख्नुपर्छ ।

बच्चाको धड्कन

सामान्यत गर्भवती भएको दशौं हप्तामा बच्चाको मुटुको धड्कन सुन्न सकिन्छ । डाक्टरले जाँच गरेर बच्चाको धड्कन थाहा पाउन सकिन्छ । कहिले कहिं बच्चाको धड्कन पाँचौ हप्ताको सुरुवातमै महसुष हुन थाल्छ ।

तर, डराउनुपर्ने अवस्था त्यसबेला आउँछ, जब बच्चाको धड्कन सुनिदैन । यदि निश्चित समय भएपछि पनि बच्चाको मुटुको धड्कन सुनिएन भने गर्भाशयमा भ्रूण तनावमा छ ।

रक्तश्राव

गर्भावस्थाको बेला रक्तश्राव हुन्छ भने, त्यो सामान्य होइन । यसले गर्भपातन नै हुन्छ भन्ने होइन । कहिले कहिं हर्मोनल असन्तुलनको कारण गर्भनालमा कुनै समस्या हुनसक्छ । यसले गर्दा बच्चा समयभन्दा अगाडि जन्मन सक्छ ।

कम्मरको पीडा

गर्भावस्थाको बेला कम्मर दुख्नु सामान्य हो । पेटमा बढी भार हुने भएकाले गुरुत्वाकर्षण पेटमा बढी लाग्छ । तर, कम्मरको दुखाई सहनै गाह्रो हुने भयो भने र त्यो निरन्तर रह्यो भने मृगौला वा मूत्राशयमा संक्रमण भएको हुनसक्छ ।

योनीमा असामान्य स्राव

योनीबाट निस्कने तरल पदार्थ गन्धहीन, रंगहीन र सफा हुन्छ । तर, त्यससँगै रगतको धब्बा मिसिएर आएको छ र दुखाई पनि अनुभव भइरहेको छ भने यसले गर्भको बच्चाको स्वास्थ्य छैन भन्ने संकेत गर्छ ।

आईयूजीआर

इन्ट्रयूटेरिन ग्रोथ रेजिस्टेन्ट -आईयूजीआर० नामक यो टेस्ट गर्भको बच्चाको विकास कसरी भइरहेको छ भन्ने जान्नका लागि गरिन्छ । समयसँगै गर्भको बच्चाको शरीरको विकास भइरहेको छैन भने बच्चा जन्मिएपछि सास, रक्तचाप र शरीरको तापक्रमसम्बन्धी समस्या हुनसक्छ ।

कुनै हलचल नभए

गर्भावस्थाको करिब २० औं हप्तामा आमाले बच्चाको हलचल अनुभव गर्न सक्छिन् । दुई घण्टामा करिब दश पटक बच्चाले पेटमा लात मार्छ । तर, गर्भको बच्चामा यस किसिमको सक्रियता वा हलचल छैन भने बच्चा संकटमा छ भनेर बुझ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment